युनिकोड    राशिफल    एफएम रेडियाे                        
330 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना, बाजुराः   जिल्लाको बुढीनन्दा नगरपालिका वडा.नं वडा नं. ७ कारकेला ढाड नौलामा रहेको रिपिटर टावर अबरुद्ध भएको करिब डेढ महिना बित्यो तर टावर अफै बन्न सकेको छैन । लामो समयसम्म रिपिटर टावर मर्मत नहुँदा स्थानियहरुलाई समस्या भएको छ । २०८० फागुन १४ गते राति फोर जि रिपिटर टावरमा अज्ञात समुह द्वारा तोडफोड गरीएको भनिएको उक्त टावर अझै संञ्चालनमा आउँन सकेको छैन् । अबरुद्ध भएको टावर अहिलेसम्म पनि मर्मत नहुँदा स्थानियहरु अहिले सेवाबाट बञ्चित भएका छन् ।

लामो समयसम्म उक्त टावर अझै अलपत्र अबस्थामा रहेको छ जसको प्रत्यक्ष असर स्थानिय बासीहरुलाई परेको छ । स्थानियबासीहरु इन्टरनेट सुबिधाबाट बञ्चित बनेका छन् । अहिलेसम्म फोर जी टावर पुनः सञ्चालनमा नआउँदा स्थानियले अहिले निकै समस्या भोगीरहेका छन् । टावर तोडफोड नहुनु भन्दा अगाडि ईन्टरनेटको राम्रो सेवा सुबिधा पाईरहेका त्यहाँका स्थानियहरु अहिले लामोसमय सम्म नेट इन्टरनेटबाट बञ्चित रहेका छन् । लामो समयसम्म पनि तोडफोड भएको टावर निमार्ण नहुँदा नेट इन्टरनेटको सुबिधा बाट बञ्चित भएका छौ, टाढाटाढा रहेका आफ्ना आफन्तजनहरु संग पनि कुरा गर्न सकेका छैनौ तोडफोड भएको टावर चाडो निमार्ण भई संञ्चालमा आएको खण्डमा निकै खुसी हुने थियौ त्यहाँका स्थानियले बताएका छन् ।

 

दिनहुँ नेट इन्टरनेटबाट हुने कामहरु पनि अहिले निकै प्रभावित बनेका छन् । त्यहाँका स्थानिय ताजा समाचार सुचना बाट पनि बञ्चित बनेका छन् ।फोर जी रिपिटर टावर बिग्रदा अहिले पालिकाका ७,८,९ र १० का सबै स्थानीयहरु सेवाबाट निकै प्रभावित भएका छन् । टावर बिग्रेको महिनौ बढी भयो यसबारे स्थानिय सरकारले पनि खासै चासो नदिएको स्थानियको गुनासो रहेको छ । बिग्रेको फोर जि रिपिटर टावरलाई चाडो संञ्चालनमा ल्याएर सेवा प्रभाव गर्न स्थानियहरुले नगरपालिकालाई अनुरोध गरेको छन् ।

 

यता नगर प्रमुख जनक कुमार बोहरालाई यस बिषयमा सोध्न खोज्दा उहाँको फोन उठ्न नसकेको र नगर उप्रमुख राम बहादुर बोहरालाई सोध्दा फोर जि रिपिटर टावर बिग्रेको डेढ महिना भयो अझै निमार्ण हुन सकेको छैन यो कुरा हामी स्विकार्छौ उहाँले बताएका छन् । आफुलाई टावर अज्ञात समुहले तोडफोड गरेको जस्तो लाग्दैन टावर आफै ढलेको हुन सक्ने उनले बताएका छन् । बिग्रेको फोर जि रपिटिर टावर निमार्णको लागी टेलिकम बाट मान्छे बोलाई सकीएको र बैशाख दोस्रो हप्तासम्म निमार्ण गरी संञ्चालनमा आउने उनले  जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!