गोबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले कृषि ऋृणको ब्याज तथा बाली बीमाको प्रिमियम शुल्क अनुदानका लागी निवेदन पेश गर्न ब्यबसायि कृषकहरुमा आग्रह गरेको छ ।कार्यालयले एक सूचना जारी गर्दे आर्थिक बर्ष २०८० / ८१ को स्वीकृत कार्यक्रम अनुसार कृषि ब्यबसाय संञ्चालनका लागी लिएको कृषि ऋृणको ब्याजमा अनुदान तथा बाली बीमाको प्रिमियम शुल्कमा अनुदान दिने कार्यक्रम अनुसार कृषि ब्यबसाय संञ्चालन गर्न ऋृण लिई नियमित ब्याज तिरिरहेका ताथ साच्चिकै कृषि ब्यबसया गरिरहेका र बाली बीमा गरी प्रिमियम शुल्क भुक्तानी गरेका कृषि ब्यबसायिहरुले अनुदानका लागी निवेदन पेश गर्न आग्रह गरेको छ ।
सुचना प्रकाशित भएको मितिले २१ दिन अर्थात २०८१ जेठ १ गतेसम्म कृषि ज्ञान केन्द्र बाजुरा तथा सम्बन्धित पालिकाको कृषि बिकाश शाखामा तोकिएको ढाँचामा आवेदन पेश गर्न कार्यालयले सुचना मार्फत भनेको छ । ब्यबसायि कृषकहरुले कृषि ऋृणको ब्याज अनुदानका लागी कार्यालयले तोकेको ढाँचाअनुसार रु १० को टिकट सहितको निवेदन,कृषि ब्यबसाय सञ्चालन गर्ने उदेश्यले लिएको ऋृणको संम्बन्धित बैकसंगको सम्झौताको प्रतिलिपि,आर्थिक बर्ष २०८०/८१ को अबधिमा ब्याज बापत तिरेको रकम रकम खुल्ने सिफारीस पत्रसहितको बैंक स्टेटमेन्ट प्रमाणित प्रतिलिपि,फर्मको दर्ता प्रमाणपत्र आर्थिक ,बर्ष २०७९/ ८० को कर चुक्ता प्रमाणपत्र,स्थायी लेखा नम्बरको प्रतिलिपि,कृषि ऋृण लिएर साच्चै कृषि ब्यबसाय गरीरहेको ब्यहोरा खुल्ने सम्बन्धित पालिकाको सिफारिस ,आफुले गरिरहेको कृषि ब्यबसायको फोटाहरु र नाम खाता नंम्बर स्पस्ट बुझिने बैक,चेक भित्री पानाको प्रतिलिप बुझाउन उक्त सूचनामा भनिएको छ ।
त्यस्तै बाली बीमाको प्रिमियम शुल्क अनुदानका लागी कार्यालयले तोकेको ढाँचामा रु १० को टिकट,बाली बिमा गरेको पोलीसिको प्रतिलिपि,बाली बिमाको प्रिमियम शुल्क तिरेको रसिद,फर्मको दर्ता प्रमाणपत्र आर्थिक ,बर्ष २०७९/ ८० को कर चुक्ता प्रमाणपत्र,स्थायी लेखा नम्बरको प्रतिलिपि,बाली बीमा गरेर साच्चै कृषि ब्यबसाय गरीरहेको ब्यहोरा खुल्ने सम्बन्धित पालिकाको सिफारिस,आफुले गरिरहेको कृषि ब्यबसायको फोटाहरु र नाम खाता नंम्बर स्पस्ट बुझिने बैक,चेक भित्री पानाको प्रतिलिपि बुझाउनु पर्ने छ ।
तोकिएको समयमै सबै ब्यबसायि कृषकहरुले सम्बन्धित कार्यालय कृषि ज्ञान केन्द्र अर्थात पालिकाको कृषि बिकाश शाखामा आउँदो जेठ १ गतेसम्म तोकिएको ढाँचामा आवेदन पेश गर्न निमित्त कार्यालय प्रमुख मिन प्रशाद जैशिले हस्ताक्षेरित गरिएको सूचनामा भनिएको छ ।
सूचना यहाँ रहेको छ …