युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
173 पटक पढिएको

बल बहादुर बाेहरा,बाजुराः जिल्ला सदरमुकाम मार्तडीमा रहेको नुन डिपोमा बुधबार नुन किन्नेको भिड लागेको छ । बाजुरामा चामल त परै जाओस नुन किन्नेको समेत लामो लस्कर लागेको छ । नुन किन्नेकै लामो लस्कर लागेको देख्दा सबै अच्चमित समेत बनेका छन् । बडिमालिका नगरपालिका वडा नं ९ गैरी बजार रेडियो बाजुरा जाने बाटो नजिकै रहेको नुन डिपोमा नुन किन्ने ग्राहकको निकै लामो भिड लागेको हो । बाजुरामा कहिले चामल त कहिले नुन किन्नेको लामो लहरले गर्दा अहिले सामाजिक संञ्चालमा जिल्लाको बिषयमा निकै टिकाटिप्पणी समेत भईरहेका छन् ।

 

बाजुराबासी सधै अभावै अभावको जिन्दगी झेलीरहेका छन् । आयोडिन युक्त नुन समेत बाजुरामा पुर्याउन सकिएको छैन । बाजुराको भौगोलिक विकटतालई मध्यनजर गर्दै नेपाल साल्ट ट्रेडिङ्गले जिल्लामा ४ वटा अस्थायी नुन डिपो स्थापना गरेको भएता पनि बाजुराबासी सबैले अझै नुन पाउँन सकेका छैनन । पाएको खण्डमा पनि दिनभर पारिलो घाममा टाउको दुखाउदै बसेर तिन चार पोका मात्रै पाउने गरेका छन् । बाजुरामा नौ हजार क्वीनटल भन्दा बढी नुनको आबस्यकता पर्छ तर, वार्षिक दुई तिन हजार क्वीन्टलसम्म मात्र आायडिन युक्त नुन बिक्री हुन्छ कसैले पाउने गर्दछन् भने कतिपय बिकट ठाउँका कसैले नुन समेत पाउँदैनन् ।

बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ ।किन्न जाने ग्राहकले भने अनुसारको नुन समेत पाउँन सकेका छैनन् । कोटा अनुसारको नुन नआँउदा बिक्री बन्द गरीएको नुन आज बिक्री गर्न लाग्दा किन्ने ग्राहकको भिड लागेको हो । बजारमा नुन किन्दा एक पोकाकै बिस तिस रुपैया पर्छ्,नुन डिपोमा किन्न जाउँ कहिल्यै बन्द हुन्छ कहिल्यै किन्नेको लामो भिड हुन्छ पालो पाउँन पनि मुस्किल पर्छ पाए पनि सोचे अनुसारको नुन उपलब्ध हुदैन् ,भाडा खर्च गरेर टाढा बाट नुन किन्न बजार आउनु पर्छ त्यसैमा सोचेअनुसारको नुन पनि नपाउँदा दुख लागेको बडिमालिका ७ का एक जना नुन किन्दै गरेका ब्यक्तिले बताएका छन् ।

भानु नुनमा आयोडिन बढी पाइने भएकाले जिल्ला बासीको रोजाइको नुन पनि भानु नुन नै हो । बजारमा नुनमा पनि कालोबजारी भेटिन्छ डिपोमा नौ रुपैया तिर्नु पर्ने ठाउँमा बजारमा तिस सम्म तिर्नुपर्ने बाध्यता समेत बाजुराबासीहरुलाई रहेको छ । नेपालमा शक्ति, भानु, र आयो नुन बिक्री वितरण हुने गरेको छ । भानु नुन दुर्गम तथा पिछडीएका जिल्लाहरुमा बिक्री हुन्छ । दुर्गमका जिल्लामा भानु नुन ढुवानीका लागी सरकारले अनुदान समेत दिने गरेको छ । जिल्ला बाजुरामा कहिले खाद्यान्न कहिल्यै नुनले सताउने गरेको छ । यसका कुनै पनि सरोकारवाला निकायको ध्यान समेत गएको पाइदैन् । सरकारको माथिल्लो तहमा बसेका जिल्लाका नेताहरु पनि जिल्लाको अभावको बारेमा चुइक्क समेत बोल्दैनन् त्यसैकारण जिल्लामा बिभिन्न समयमा बिभिन्न चिजहरुको अभावले बाजुराबासीहरुलाई सताई रहेको हुन्छ ।

जिल्ला बाजुरामा आयोडिनयुक्त नुन पाउँन पनि सास्ती खेप्नु परेको छ । सदुरमुकाम जस्तो ठाउँमै नुनको लामो भिड लाग्छ भने अन्य ठाँउमा समस्या नहुने त कुरै भएन् । नुनको पटक्कै समस्या पनि होइन् तर नुन सोचे अनुसार नपाइएको र नुन किन्नेको भिडले गर्दा जिल्ला कस्तो स्थितिमा रहेको छ भन्ने कुरा दर्साउछ । जिल्लामा हरेक कुराको अभाव नै अभाव हुन्छ यहाँका स्थानियहरु बर्षेनी कहिले चामल,कहिले नुन,कहिले सडक ,यातायात,संञ्चार,कहिले महंगीको चपेटामा पर्न बाध्य रहेका छन् ।

तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो। नुनको व्यवसायिक उत्पादन चट्टानहरुमा रहेका नुन खानीहरु र समुद्री पानीको वाष्पिकरणबाट गरिन्छ। वर्षेनी विश्वमा २० करोड टन नुनको उत्पादन हुन्छ। जसमध्ये ६ प्रतिशत मान्छेको खाद्यान्नमा प्रयोग हुन्छ।नुन मानव शरिरको लागी निकै आबश्यक तत्व हो । मानिस मात्रै नभई अन्य गाइबस्तुहरुको लागी नुन प्रयोग गरीन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!