गोबिन्द्र राज तिमिल्सेना, बाजुराः राष्ट्रिय परिक्षा बोर्ड द्धारा २०८१ बैशाख १४ अर्थात भोलीदेखि बैशाख २६ गतेसम्म संञ्चालन हुने कक्षा १२ को परिक्षामा जिल्लाबाट दुई हजार दुई सय तिस जना परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित तथा ग्रेडबृद्धिका परिक्षार्थी गरी दुई हजार दुई सय तिस जना परीक्षार्थी परिक्षामा सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । गत बर्षको कक्षा १२ को परिक्षामा जिल्लाबाट नियमित र ग्रेडबृद्धि गरी एक हजार नौ सय चौपन्न जना बिद्याथी रहेकोमा अहिले दुई हजार दुई सय तिस जना परीक्षार्थी रहेका छन् । गत बर्षको तुलनामा अहिले २७६ जना बढी रहेका छन् ।
जिल्लामा तोकिएका ८ वटा परिक्षा केन्द्रमा जिल्लाका २९ वटा बिद्यालयका बिद्यार्थी सहभागी हुने भएका छन् । जसमा भानोदय मा.वि नौविस परिक्षा केन्द्रमा,भानोदय मा.वि नौविसका १७३ ,त्रिशक्ति मा.वि ब्राहबिसका १३० ,रत्न मा.वि सेरिफालका ६८ र पशुपती मावि ताप्रका ८३ जना परिक्षार्थी गरी चार वटा बिद्यालयबाट ४५४ जना सहभागी हुने छन् । त्यस्तै मालिका मा.वि मार्तडी परिक्षा केन्द्रमा,मालिका मा.वि का २६८,जाल्पादेवि मा.वि खेतीपातल पिनालेखका ३९, क्रियटर जोन ऐकेडेमिका ३२ र नेरा मा.वि का २३ जना गरि चार वटा बिद्यालयबाट ३६२ बिद्यार्थी सहभागी हुने भएका हुन् । जनप्रकाश मा.वि कोल्टी परिक्षा केन्द्रबाट जनप्रकाश मा.वि का ३०९, सुजन बोर्डिगंका ३६,र सत्य मा.वि पाण्डुसैनका ६० जना गरी तिन वटा बिद्यालयबाट ४०५ जना सहभागी हुने भएका छन् । स्वामिकार्तिक मा.वि वाई परिक्षा केन्द्रबाट,स्वामिकार्तिक मा.वि का १०८, शम्भु शुनन्दा मा.वि जुकोटका ८१,बडिमालिका मा.वि धिमका ४९ र शैलेश्वरी मा.वि फैतीका ४६ जना गरि चार वटा बिद्यालयबाट २८४ परिक्षार्थी सहभागी हुने भएका छन् ।
त्यस्तै मष्टेश्वरी मा.वि. डोगडी परिक्षा केन्द्रमा मष्टेश्वरी मा.वि.का ८७,काँडा भवानी मा.वि.का ५०,दशरथ मा.वि आटीचौरका ५६ र खापर देवस्थली मा.वि.का ४१ जना गरी २३४ जना सहभागी रहेका छन् । त्यस्तै किर्तिचौर मा.वि.परिक्षा केन्द्रमा कर्तिचौर मा.वि.का ५४ र बालबिकाश मा.वि माझपालिका ४४ जना गरी ९८ जना सहभागी रहेका छन् । तोलीदेवल डाँडा मा.वि तोली परिक्षा केन्द्रमा तोलीदेवल डाँडा मा.वि.का ७२,त्रिभुवनेश्वरी मा.वि.छताराका ४८ जना,मष्टेश्वरी मा.वि पन्धाराका ७५ र कैलाशस्वरी मा.वि.का.२० जना गरी चार वटा बिद्यालयबाट २१५ जना रहेका छन् । त्यस्तै कैलाश मा.वि.महती परिक्षा केन्द्रमा कैलाश मा.वि.महतीका ४४,सरस्वती मा.वि. डाँडाकोटका ४२,देवलकोट मा.वि.का ३५ र रघुमाता मा.वि .का ५७ जना गरी चार वटा बिद्यालयबाट १७८ जा परिक्षार्थी परिक्षामा सहभागी हुने भएका छन् । साथै परिक्षालाई शान्त,सुरक्षित र भयरहित वातावरणमा संञ्चालन गर्न शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले आग्रह समेत गरेको छ ।
परिक्षामा सहभागी बिद्यालयगत बिवरण….