गोबिन्द्र राज तिमिल्सेना,बाजुराः चर्चित गायक पबिन्द्र सुनारको “ लाई प्रिति छोडेर बाइगै ” नामक लोक देउडा गित भिडियोसहित सार्वजनिक भएको छ ।माया प्रेम संग सम्बन्धित रहेको उक्त गितको भिडियोसहित साङ्गितिक बजारमा आएको हो । आम भगवान रुपि दर्शक श्रोताहरुको माझ निरन्तर प्रयास पछि पुन पनि देउडा गित साङ्गितिक बजारमा ल्याउन सफल भएको गितका गायक पबिन्द्र सुनारले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिनुभएको छ ।उहाँको करिब दुई तिन हप्ता अगाडी “साइपालमा घाम” नामक लोकदेउडा गित साङ्गितिक बजारमा आएको थियो ।
तत्पश्चात पुन पनि गायक सुनारको मिठो लोकदेउडा गित सांगितिक बजारमा आएको छ । चर्चित सर्जक राजेन्द्र शाह “ विपी ” को उत्कृष्ट शब्द संगितमा रहेको उक्त गितमा गायक पबिन्द्र सुनार र गायिका सरीता रोकयाले आवाज दिएका छन । भने उक्त गितको म्युजिक एरेञ्जर बिनोद बाजुरेलीको रहेको छ । गितको निर्देशन भिम थापाले गर्नु भएको छ भने गितको मिक्सिङ खडक बाजुरेलीको रहेको छ। रेकडिस्ट सागर बाजुरेली रहेका छन् भने गितको सम्पादन (इडिटर) प्रबिन रेस्मी मगरको रहेको छ । अमृत उपाध्याले छायाङ्कनको भुमिका निर्बाह गरेको उक्त गितमा लाल बहादुर धामी (अछामी बड्डो) र रोजि कुँवरले मोडेलको भुमिका निर्बाह गरेका छन् ।
नेपालको सांगितिक रियलिटि सो आई.एमि.नेपाल लोकस्टार बाट आफ्नो सांङगितिक यात्रा थालेका सुनारले उक्त देउडा गित साङ्गितिक बजारमा ल्याएका छन । बाजुरा जस्तो दुर्गम बिकट ठाँउमा जन्मेर गित संगितको यात्रामा तल्लिन रहेका सुनार एक अब्बल गायक बन्न सफल भएका छन । गायक सुनार आई.एमि.नेपाल लोकस्टार को टप ५ मा पुग्न सफल भएका थिए भने आई.एमि.नेपाल लोकस्टारका गोल्डेर स्टार बिजेता समेत हुन् । त्यहि बाट गित संगितको यात्रा थालेका सुनारले बजारमा धेरै गितहरु ल्याइसकेका छन ।बाजुराको नाम,पहिचान, शिरमा पुगाउन अझै गित संगितको यात्रालाई निरन्तर अगाडी बढाएर लैजाने गायक सुनारले बताएका छन ।यो देउडा देउडा गिलाई सबैले मन पराउनुका साथै सबैबाट थप साथ सहयोग हौसला पाउने आशा लिएको उनले बताएका छन् ।
मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको भिडियो खप्तड डिजिटल म्युजिक सेन्टरको अफिसियल युउटुभ च्यानल मार्फत साङ्गितक बजारमा ल्याईएको हो । उक्त गितको उत्पादक तथा बितरक खप्तड फिल्मस् प्रा.ली. रहेको छ । गायक सुनारका चर्चित गितहरु, दिन्छौ कि मायाले,सुनकेशरी,एक्लै पारी गयौनी,लग्यो मेलम्ची,प्यासी मनले,बसे पर्खेर सुवा,मालचरी,साइपालमा घाम, लगायतका चर्चित गित संगै दर्जनौं लाइभ दोहोरी गितहरु यो भन्दा अगाडी नै सांङगितिक बजारमा आइसकेका छन्।
गितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…