बाजुरा– बाजुरामा लागूऔषध (खैरो हिरोइन) सहित एक जना प्रकाउ परेका छन । पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुधबार राती बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोइन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पसलमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु ३६ हजार २ सय ८० रुपियाँ सहित नियन्त्रणमा लिईएको हो । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।











