बाजुराः जिल्ला प्रशासन कार्यालय मार्तडी बाजुराले जिल्लामा इजाजत पत्र प्राप्त हातहतियार बाहक ब्यक्ति र संस्थाले प्रशासनमा सम्पर्क राख्न आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दे जिल्लामा रहेका जतिपनी ईजाजत पत्र प्राप्त हातहतियार बाहक ब्यक्ति र संस्थाले कार्यालयमा अनिवार्य उपस्थित हुन सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराएको छ ।
नेपाल सरकार ,गृह मन्त्रालयको मिति २०८० चैत्र २३ गतेको निर्देशन अनुसार बाजुरा जिल्लामा ईजाजत पत्र प्राप्त ब्यक्ति तथा संस्थाहरुसंग ईजाजत प्राप्त गरेको हातहतियार सम्बन्धमा जानकारी लिनुपर्ने भएकाले मिति २०८१ बैशाख ३० गतेसम्म ईजाजत प्राप्त हातहतियारको ईजाजत पत्र,ईजाजत पत्र प्राप्त ब्यक्तिको सक्कलै नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि र हातहतियार सहित ईजाजत पत्र बाहक ब्यक्ति तथा संस्थाले जिल्ला प्रशासन कार्यालयमा बैशाख ३० गतेसम्म अनिवार्य उपस्थित हुनको लागी सबैमा जानकारी गरीन्छ प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडलले हस्ताक्षेरित गरेको सूचनामा भनिएको छ ।
सूचना यहाँ रहेको छ ….