बाजुराः जिल्लाको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट गर्भवति र सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई उद्धार गरीएको छ । गर्भवति र सुत्केरी महिलाको एकसाथ हवाई उद्धार कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टर प्रतिक न्यौपाने ले जानकारी दिनुभएको छ । डाक्टर न्यौपानेले दिएको जाकारी अनुसार बुढीनन्दा नगरपालिका वडा.नम्बर १ की सुत्केरी ईश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका वडा २ सुपानाकी गर्भवति अनिता महताराको उद्धार गरिएको बताएका छन् ।
स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पतालमा उपचार सम्भव नहुँदा थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टर मार्फत गर्भवति र सुत्केरी दुबैलाई उपचारको लागि सुर्खेत पठाईएको उनले बताएका छन् । ३० वर्षिया गर्भवति अनिता महतारा र २६ वर्षिया सुत्केरी ईश्वरी कार्कीलाई उपचारको लागी सुर्खेत पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ । अनितालाई सुत्केरी ब्याथले च्यापेको थियो भने १० दिनकि सुत्केरी ईश्वरीलाई प्रेसर वढेर समस्या देखिएको थियो । अस्पतालमा उपचार सम्भव नभएर थप उपचारको लागी सुर्खेत पठाइएको अस्पताल स्रोतले जनाएको छ ।