बाजुराः छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ।राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपालको सहयोगमा हिमाली गाउँपालिकाको धुलाचौरमा उक्त कार्यक्रम गरीएको पत्रकार उमेश रोकायाले जानकारी दिएका छन् ।
पत्रकार रोकायाले दिएको जानकारी अनुसार गाउँपालिका भित्रका लगत संकलन गर्ने गणकहरुलाई अभिमुखिकरण कार्यक्रम गराइएको बताएका छन् । वडा हलिया मुक्त बाट छुटेका हलियाको लगत संकलन गर्नकाका लागी वडा नम्बर १ देखि ७ सम्मका वडामा वडा कार्यालय गणक छनोट गरि खटाइएको उनले बताएका छन् ।
जिल्लामा हालसम्म १ हजार ३ सय ५३ जना हलिया मुक्त रहेका छन। भने त्यसमा पनि विशेषगरी ‘क’ वर्ग १ सय ४२ जना, ख’ वर्गमा २ सय ४६ जना, ‘ग’ बर्गमा १ सय ५० जना र ‘घ’ वर्गमा ८ सय ४६ जना हलिया मुक्त गरि १हजार १ सय ८९ जनाले मात्र हलिया परिचयपत्र पाएका छन। भने २०७१ मा लागत संकलन अनुसार २ सय १६ जना हलिया मुक्तले परिचयपत्र नपाएको कार्यक्रम सहजीकरण महेश कार्कीले बताउनुभएको छ ।
पछिल्लो चरण कुनै पनि हलिया मुक्त नछुटोस भन्नका निम्ति हिमाली गाउँपालिकाको सबै वडामा हलिया मुक्तहरुको लगत संकलन गर्न गणक सहित गाउँमा एक महिनाको लागि पठाएको छ। लगत संकलन भयो भने वडा तथा पालिकालाई त्यसको विवरण दिनका लागि सहज हुने भएको छ। कुनै गाउँ बस्ती पुगेर कुनै वडाका हलिया नछुटाउनु सक्दो प्रयास समेत लागेर लागत संकलन गर्न समेत आग्रह गरेको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको अध्यक्षतामा सञ्चालन गरिएको उक्त अभिमुखिकरण कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराका अध्यक्ष लाल वीर सार्की पालिका शाखाका कर्मचारी र गणक टोली सहितको उपस्थितिमा गण्कलाई एक दिने हलिया मुक्त लगत संकलन अभिमुखिकरण कार्यक्रम गराइएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाजुराले जनाएको छ।











