बाजुराः बाजुराको अति दुर्गम हिमाली गाउँपालिकामा १ बिछ्याका २५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री स्कुल ब्याग ,कपि कलम हस्तान्तरण गरिएको छ। अमेरिकामा कर्म थलो बनाउदै आउनु भएका समाजसेवी सवि थापा र ईन्द्र थापा दम्पत्ति बाट संचालित इशा फाउन्डेसनले उक्त बिद्यालयमा सहयोग गरेको हो ।
सबै भन्दा दुर्गम र सुविधाको पहुच बाट बच्चित यो ठाउँमा अहिले सम ईशा फाउन्डेसनको पहिलो सहयोग पुगेको र भुगोल र दुर्गम भएका कारण त्यो ठाउँ सम्म पराई मानिसहरु जान आट समेत गर्दैनन् भने लगातार ४ दिनको यात्रा लगाएर सम्बन्धित ठाउँमा पुगि सहयोग हस्तान्तरण भएको छ। फाउन्डेसनले २५० जना नानी बाबू हरुलाई एक लाख पच्चपन हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। फाउन्डेसनका संस्थापक दिदी सवि थापा ईन्द्र थापा फाउणडर डम्बर कार्की ,दिपा पुन, र सुप्रिया घिमिरे लगाले उक्त सामग्रीको लागि आर्थिक सहयोग गरेका छन ।
उक्त सहयोग सामाजिक अभियान्ता लक्ष्मी बोगटि कुवर र रीता शाहीले सम्बन्धित ठाउँमा पुगेर सहयोग हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण गर्ने सुनौलो अवसर दिएको भन्दै फाउन्डेसन परिवारलाई धन्यवाद समेत ब्यक्त गरेका छन । आज सम यो ठाउँ र बिद्यालयमा कसैको उपस्थिति समेत न भएको ठाउँमा इशा फाउन्डेसनको यति ठुलो सहयोग आउदा बिद्यालय परिवार र वडा परिवार खुसि हुदै फाउन्डेसनलाइ धन्यवाद दिएका छन ।इशा फाउन्डेसले यहाँ मात्र नभएर विगत लामो समय देखि देशका बिभिन्न ठाउँमा भिविन्न समस्यामा सहयोग गर्दै आइरहेको छ।