बाजुराः जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा जेठ १ गतेदेखि ७ गतेसम्म पोषण सप्ताह कार्यक्रम सञ्चालन हुने भएको छ । गाउँपालिकाले आज एक सुचना जारी गर्दे पालिका भित्र रहेका सबै बिद्यालयलाई लक्षित गरी एक हप्ताको पोषण सप्ताह कार्यक्रम सञ्चालन हुने सुचना मार्फत भनेको छ ।
शैक्षिक सत्र २०८१ को बार्षिक कार्यक्रम अन्तर्गत जेठ महिनाको पहिलो हप्ता पोषण कार्यक्रम मनाउने कार्यक्रम रहेकोले त्यहिअनु्सार पालिका भित्र रहेका बिद्यालयका बिब्यस अध्यक्ष,शिक्षक,अभिभावक,तथा बिद्यार्थिको सक्रिय सहभागीतामा र एकिकृृत बिकाश समाज नेपालको सहजिकरणमा बिभिन्न कार्यक्रम संञ्चालन गरीने भएकाले पोषण कार्यक्रम मनाउन र कार्यक्रमको अभिलेखीकरण गर्न हुनु गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।
पालिका भित्र रहेका प्रत्येक बिद्यालयमा अध्ययनरत बालबालिकाको प्रारम्भिक स्वास्थ्य जाँच गर्ने,बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जुकाको औषधी खुवाइने,बिद्यालय परिसर सरसफाई गर्ने,बिद्यालयमा बिभिन्न जनचेतनामुलक कार्यक्रम संञ्चालन गरीने,स्वास्थ्य तथा पोषण सम्बन्धि अतिरिक्त क्रियाकलाप गर्ने,स्वास्थ्य तथा पोषण सम्बन्धि अतिरिक्त क्रियाकलापमा उतकृष्ट हुने बिद्यार्थीलाई प्रोत्साहन गर्ने,लगायतका कार्यक्रम रहने गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ । साथै उपरोक्त अनुसारका क्रियाकलापहरु संञ्चालन गरेको अभिमुखीकरण गर्नुका साथै जुकाको औषधी खुपाएको प्रतिवेदन र स्वास्थ्य परीक्षण गरेको प्रतिवेदन स्वास्थ्य संस्थामा बुझाउनु पर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत देवराज सञ्ज्याल जैशीले हस्ताक्षेरीत गरीएको सुचनामा भनिएको छ ।
सूचना यहाँ रहेको छ …












