बाजुराः नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति बाजुराले प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल मार्फत सम्माननिय प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड”लाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारका उपप्रधामन्त्रि तथा गृहमन्त्रि रवि लामिछाने लगायत मुछिएका ब्यक्तिले सर्वसाधरण नागरिकले सहकारीमा बचत गरेको रकम अपचलन गरेको बिषयमा छानबिन हुनुपर्ने, “शिक्षा बिधेयक २०८०” लागु हुनुपर्ने,र बिश्वबिद्यालय छाता ऐन सम्बन्धि बिधेयक लगायतका कुराको माग गर्दे नेवि.संघ बाजुराले अधिकारी पौडेल मार्फत नेपाल सरकार प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयलाई ध्यानाकर्ष गराएको छ ।
आज नेवि.संघ जिल्ला अध्यक्ष थापा सहित नेवि.संघको टोली प्रसाशनमा गएर अधिकारी पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् । आम सर्वसाधरणको ज्युधनको सुरक्षा संगै सुशासनको प्रत्याभुती दिलाउनु राज्यको निश्वार्थ दायित्व हो।संबिधानको कार्यान्वयन,शक्ति पृथकिकरण र सन्तुलनको शिद्धान्तलाई आत्मसाथ गरे मात्रै लोकतान्त्रिक ब्यबस्था अन्तरर्गत गठन भएका सरकारले आफ्नो उदेश्य प्राप्त गर्न सक्छ त्यसैले कुनै पनि आरोप लागेकै मान्छे नेपाल सरकारको उच्च पदस्थमा बस्छ भने त्यसबाट नागरीकले के आशा राख्ने,र त्यसको तत्काल छानबिन हुनु जरुरी रहेको उक्त ज्ञापन पत्रमा भनिएको छ । बिधिको शासन,दण्डहिनताको अन्तय र कानुनले निदृष्ट गरे बमोजिम आम नेपाली जनताले उपभोग गर्न पाउनु पर्ने अधिकार समेत वर्तमान सरकारले कुण्ठित गरेर राखेकोले यस्ता घटनाहरुलाई ततकाल समाधान गर्न जोडदार माग गर्दछौ ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल बिद्यार्थी संघ समग्र शैक्षिक ब्यबस्थाको जनजिविकाको सवालमा अहोरात्र खटिने क्रियाशिल संगठनको हैशियतले पनि पछिल्लो समय नेपालमा राजनितिकि तथा शैक्षिक घटनाक्रमले उब्जाएका प्रश्नको उत्तर खोज्न तथा आम नेपाली जनता र बिद्यार्थीहरुले ब्यहोर्नु परेको समसयालाई निराकरण गर्न नेपाल बिद्यार्थी संघ बाजुरा नेपाल सरकार तथा सम्मानयि प्रधामन्त्रि “प्रचण्ड”को ध्यानाकर्षण गराउन चाहन्छ उक्त पत्रमा भनिएको छ । त्यस्तै सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन,सहकारी समस्याहरुलाई दिगो रुपमा समाधानगर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुको तत्काल छानबिन गरी कानुनी दायरामा ल्याई कार्बाही गर्न माग गर्दछौ,सहकारी ठगीमा संलग्न सहकारी संस्था ,सदस्य र सम्बन्धित ब्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन र तत्काल निष्पक्ष संसदिय छानबिन समिति गठन हुनुपर्ने माग नेवि.संघ बाजुराको रहेको छ ।
बिद्यार्थी केन्द्रित आबश्यक परिमार्जन एवम् संशोधन सहित “शिक्षा बिधेयक २०८०” तत्काल लागु हुनुपर्ने,उच्च शिक्षामा अध्ययन तथा अनुसंन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिष्प्रर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिबृद्धि गरी देशको शैक्षिक क्षेत्रलाई बलियो बनाउन,बिश्वबिद्यालय तथा उच्च शिक्षा स.स्थाको स्थापना संञ्चालन,नियमन र ब्यबस्थापन सम्बन्धि कार्यलाई सहजीकरण ब्यबस्थित गर्नको लागी बिश्वबिद्यालय छाता ऐन सम्बन्धि बिधेयक तत्काल प्रतिनिधि सधामा प्रस्तुत गर्न जोडदारका साथ नेवि.संघ बाजुरा माग गर्दछ नेवि.संघ जिल्ला अध्यक्ष जनक थापा द्धारा हस्ताक्षेरित ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापनपत्र यहाँ रहेको छ …