बाजुरा/ नेकपा एमाले उपाध्यक्ष राम वहादुर थापा बादलले नेपालका ससाना दल गोतामे भएको आरोप लगाउनु भएको छ । सोमवार दिउसो सदरमुकाम मार्तडी खुलामञ्चमा नेकपा एमाले जिल्ला कमिटी बाजुराको आठौं जिल्ला अधिवेशनको उद्घाटन समारोलाई सम्बोधन गर्नुहुंदै उहाँले उक्त अभिब्यक्ती दिनुुभएको हो ।
विशेषगरी रास्वपा , राप्रपा र मधेशवादी दललगायतका सानादललाई लक्षित गर्नु हुंदै नीति विधिर शिद्धान्त नभएका तर अरु पार्टीको विरोध गरेर राजनीति एजण्डा बनाएका दलहरुको गोतामे प्रर्बत्ती प्रति असन्तुष्टी जनाउनुभयो। उहाँले सानादलहरुको कुनै ठोस नीति र शिद्धान्त नभएका तर जता स्वार्थ उतै लाग्ने गरेको बताउनुभयो ।कहिले कांग्रेससंग मिल्ने कहिले कम्युनिष्टसंग मिल्ने जता ताक प¥यो उतै जने हुंदा यिनिहरुलाई ताक परे तिवारी नतर गोतामे भनिन्छ । साना दलकै कारण देशमा अस्थिरता आएको बताउनुभयो । अहिले तिनै साना दललाई पछ्याएर नेपाली कांग्रेस सरकार गिराउने खेलमा लागेको आरोप उहाँले लगाउनुभएको छ । हहिले एमाले नेतृत्वको सरकारलाई घेरावन्दी पारेर सरकार गिराउने खेल भएको आरोप उहँको छ ।
उपाध्यक्ष थापाले भन्नुुभयो अहिले देशको आर्थिक अवस्था राम्रो छैन । आर्थिक अवस्थालाई ट्रयाकमा ल्याउन वर्तमान सरकार लागि परेको छ । सरकारले ल्याउन लागेको नीति कार्यक्रम तथा बजेट देशको समृद्धी उन्मुख समाजवाद उन्मुख हुनेछ । विकास र पूर्वाधर निमार्णका योजना प्राथमिकतामा पारिने उहँको कथन थियो ।
त्यसैगरी नेकपा एमाले स्थायीकमिटी सदस्य कर्णवहादुर थापाले देशको समृद्धी एमाले बाट नै सम्भव भएको बताउनुहुंदै जिल्लाको राजनीति बारे विशेषगरी नेपाली कांग्रेसको विरोधमा समय खर्च गर्नुभएको थियो । भने नेकपा एमालेका अर्का केन्द्रीय सदस्य प्रकाश शाहले बाजुाको समृद्धीका लागि आफ्नो कार्यकालमा एक अरब बढीको बजेट ल्याएर जिल्लाको भौतिक संरचना निर्माण गरेको बताउनुुभयो , नागरिकको समृद्धी भाषणबाट नभइ काम बाट हुने हुंदा जनताको कामम सर्मपित हुन पार्टी कार्याकर्तालाई सुुझाउनुु भयो ।
नेकपा एमालेको आठौं जिल्ला अधिबेशन आज बाट जेठ तिन गने सम्म सदरमुकाम मार्तडीमा हुनेछ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ। नेयाँ नेतृत्व अध्यक्ष पदका लागि विशेष गरी वर्तमान अध्यक्ष भरत थापा, लालवहादुर ओली र रंगमान शाहीको नाम चर्चामा छन् । ११० जना बढि जिल्ला कमिटी सदस्य , र २५ जना सल्लाहाकार समिति गठन गरिने गरिने छ ।
यसै वीच नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा निवर्तमान जिल्ला कमिटी सदस्य भरतबहादुर बुढाले नेकापा एमाले पार्टी निित विधी रविधान अनुसार नचलेको स्वईच्छाचारी भएको भन्दै आफुउक्त पार्टीको साधारण सदस्य समेत नरहने गरी प्रदेश कमिटीबाट राजिनामा गरेको बुढाले प्रेस विज्ञेप्ती निकाल्दै राजिनामा दिएर स्वतन्त्र भएको घोषणा गर्नुभएको छ।











