बाजुराः जिल्लामा बिद्युत सेवामा अनियमितता हुँदा कामकाजमा समस्या भएको छ । हिजो करिब दिउँसो तिन बजेतिर गएको बिद्युत बिहान ७ बजिसक्दा सम्म पनि नआउँदा दैनिक कामकाज प्रभावित हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् । सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुका दैनिक कामकाज अस्तब्यस्त बनेका छन् भने बिभिन्न संञ्चार माध्ययम रेडियो,अनलाइन,पत्रपत्रिका बिद्युत नहुँदा प्रभावित भएका छन् ।
लोडसेडिङ नभएको बेलामा पनि बिद्युत काट्ने, बिद्युत झ्याप, झ्याप आउने जाने समस्याले पनि निकै सताएको छ । बिद्युतबाट जोडेका धेरै सामाग्री बिद्युत आउँने जानेले बिग्रिएका छन् । दिनहुँ बिद्युत सेवा अनियमित हुँदा समस्या भएको छ ।सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाईन जोडिएको भएपनि बिद्युत सेवा अझै नियमित हुन सकेको छैन् । २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्रले २ सय किलोवाट उत्पादन क्षमताको विद्युत सेवा मार्तडीमा दिइरहेको थियो त्यसले लाडे धान्न नसक्दा,बेलाबेला लोडसेडिङ हुँदा नागरिकले कार्यालयमा तालाबन्दी लगाएका थिए तत्पश्चात नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिएको भएपनि पहिलेको भन्दा अहिले नागरीक झन समस्या परेका छन् ।
बेलाबेला बिद्युत सेवा आउँने जाने समस्याले नागरीक मर्कामा परेका हुन् । राष्ट्रिय प्रशारण लाइन जोडिएका ठाउँमा पनि बिद्युत सेवा अनियमित हुँदा त्यहाँका नगरिक समस्या परेका हुन् । बिद्युत सेवा अनियमित हुनु स्वभाविक हो तर पनि लामो समयसम्म बिद्युत सेवा प्रवाह नहुँदा समस्या परेको हो । हिजोआज सदरमुकाममा बिद्युत सेवा घरि आउँने घरी जाने प्रक्रिया निरन्तर चलिरहेको छ । जसको असर प्रत्यक्ष सेवाग्राहीलाई परेको छ । सदरमुकाममा रहेका कतिपय सरकारी कार्यालका कामकाज बिद्युत नहुँदा प्रभावित भएका छन् । थोरै मात्रामा सरकारी कार्यालयमा जेनेरेजरको सुबिधा भएको भएपनि जेनेरेजरको सुबिधा नभएका कार्यालयका कामकाज भने दिनभर ठप्प हुने गरेका छन् । टाढाटाढा बाट सेवा लिन सदरमुकाम पुग्नु भएका सेवाग्राही सदरमुकाममा बिद्युत नहुँदा समस्यामा पर्ने गरेका छन् । बिद्युत नहुँदा सामान्यतया फोटोकपि गर्न पनि उनिहरु समस्यामा पर्ने गरेका छन् ।
यता नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रलाई बिद्युत सेवा अनियमित हुनुको साथै बेलाबेला झ्यापझ्याप हुनुको कारण बारे जानकारी लिन खोज्दा कार्यालयले दिएको जानकारी अनुसार नेपाल बिद्युत प्राधिकरण अन्तरर्गत डडेलधुरा स्थित स्याउले १२३/३३ के.भि सवस्टेशन देखि दिपायल ३३/११ बे.भि.सवस्टेशन हुँदै साफेबगर ३३/११ बे.भि. सवस्टेशन सम्म करिब १३० कि.मि (जसको अधिकतम लाई पोल संरचना मार्फत घना जंगलको बिच भाग बाट ल्याइएको ) २२ के.भि.लाईनको कुनै पनि खण्डमा लाईन फल्ट हुँदा अछाम लगायत बाजुरामा बिद्युत अबरुद्ध हुने जनाएको छ । साथै साफेबगर ३३/११ के.भि.सवस्टेशन बाट बितरित ११ के.भि.को एउटै फिडर (जुन अछामको साँफेबगर ,मेल्लेख,बान्नीगढी,जयगढ,रामारोशन लगायतका स्थानिय तह तथा बाजुरा जिल्लामा फैलिएको)मा अछामम जिल्लाको ५० प्रतिशत भन्दा बढी तथा बाजुरा जिल्लाको सम्पुणै लोड जोड्नुपर्ने बाध्यताले गर्दा कुनै पनि एक ठाउँमा सामान्य फल्टले पनि बिद्युत सेवा बन्द हुने कार्यालयले जनाएको छ ।
जिल्लामा पनि मार्तडी स्थित उखाडी ३३/११ के.भि. सवस्टेशन तयार भईसकेको तर साफेबगर नजिकै बाजुरा ३३ के.भि.को लाइन र साफेबगर ३३/११ के.भि.सवस्टेशन जोड्ने लाईन निमार्ण कार्य भईरहेको तर नसकिएको कारण मार्तडी उखाडीमा रहेको ३३/११ के.भि सवस्टेशन संञ्चालन गर्न नसक्दा सदरमु्काम लगायत जिल्लामा जतिपनि राष्ट्रिय लाईन जोडिएका ठाउँमा बिद्युत सेवा निरन्तर दिन नसकिएको नेपाल पिबद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ । साफेबगर नजिकै बाजुरा ३३ के.भि.को लाइन र साफेबगर ३३/११ के.भि.सवस्टेशन जोड्ने लाईन निमार्ण कार्य सम्पन्न भएपश्चात सदरमुकाम उखाडीमा रहेको ३३/११ के.भि.सवस्टेशन संञ्चालनमा आए बिद्युत सेवा निरन्तर प्रवाह हुने कार्यालयले जनाएको छ ।