गोबिन्द राज तिमिल्सेना,बाजुराः जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा.नम्बर .६ नाइना मा रहेको आधारभुत स्वास्थ्य ईकाई केन्द्रको भवन ब्यबस्थित नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य केन्द्रको भवन गुणस्तरीय नहुँदा दैनिक कामकाज तथा सेवा प्रवाहमा समस्या भएको हो । प्रदेश सरकारको ८ लाख आर्थिक सहयोगबाट २०७७ सालमा स्थापना भएको आधारभुत स्वास्थ्य ईकाई केन्द्रको भवन अहिले साँघुरो हुनुका साथै ब्यबस्थित नहुँदा सेवाप्रवाहमा समस्या भईरहेको सेवाग्राहीले बताएका छन् । प्रदेश सरकारले सहयोग गरेको भएपनि स्थानिय तहबाट गुणस्तरीय भवनको लागी कुनै पनि पहल नहुँदा समस्या भएको सेवाग्राहीको भनाई रहेको छ ।
आधारभुत स्वास्थ्य ईकाई केन्द्रको भवन जम्माजम्मी दुई कोठेको रहेको छ । उक्त कोठामा सामाग्रीहरु पनि अटाउन मुस्किल रहनुका साथै स्वास्थ्य केन्द्रमा काम गर्ने कर्मचारीलाई पनि उठ्न बस्न,स्वास्थ्य केन्द्रलाई चाहिने औषधी,उपकरण,खातापाता,राख्न पनि समस्या रहेको छ । स्वास्थ्य केन्द्रको भवन ब्यबस्थित नहुँदा दैनिक कामकाजमा समस्या भएको त्यहाँका कर्मचारीले बताएका छन् । दैनिक सेवाग्राही स्वास्थ्य केन्द्रमा उपचारको लागी आउँछन तर स्वास्थ्य संस्थाको भवन साँघुरो हुनुका साथै ब्यबस्तिथ नहुँदा सेवाग्राहीलाई नै समस्या हुने गरेको कर्मचारीको भनाई रहेको छ । प्रदेश सरकारको आर्थिक सहयोगबाट दुई कोठे भवन बनेको भएपनि स्थानिय तहबाट कुनै समन्वय,सहकार्य नहुँदा समस्या भएको कर्मचारीको भनाई रहेको छ।
ग्रिनताराले स्वास्थ्य केन्द्रलाई केहि सामाग्री सहयोग गरेको भएता पनि ब्यबस्थित भवनको सुबिधा नहुँदा समस्या हुने गरेको स्थानिय रमेश बिष्टले बताएका छन् । स्वास्थ्य केन्द्रको भवन ब्यबस्थित नहुँदा उपचार गर्न,गर्भवती परिक्षण गर्न,बच्चाहरुलाई दुध चुसाउन,लगायत स्वास्थ्य संस्थाको औषधी,खातापाता अन्य सरसामाग्रीहरु राख्न समस्या भएको उनले बताए । पालिकाले पनि खासै आधारभुत स्वास्थ संस्थाप्रति ध्यान नदिएको उनको भनाई रहेको छ । पटकपटक स्वास्थ्य संस्थाको समस्या दर्साई रहँदा पनि कसैको ध्यान नगएको उनको भनाई रहेको छ । स्वास्थ्य संस्थामा तालिम प्राप्त कर्मचारी देखि स्वास्थ्य मापदण्ड स्रोतको अभाव भएको उनले बताएका छन्। आधारभुत स्वास्थ्य संस्थाको गुणस्तरीय भवन नहुँदा स्थानिय सेवाग्राहीहरुलाई सकस भईरहेको उनले बताएका छन् ।
आधारभुत स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । बर्थिङ सेन्टरबाट राम्रो सेवा प्रवाह भईरहेको भएपनि गुणस्तरीय भवनकै अभाव हुँदा दैनिक जसो समस्या हुने गरेको छ । २०७३ सालमा स्थापना भएको बर्थिङ सेन्टरबाट गर्भवती तथा सुत्केरी आमाहरु सुबिधा लगायत प्रसुती सेवा सुत्केरी सेवा र गर्भवति जाँच लगायतका सेवाहरु सञ्चालन भईरहेका छन् । बर्थिङ सेन्टर बाट गर्भवती महिला र सुत्केरी गराउने महिलाहरूले सेवा लिन पाएको भएपनि स्वास्थ्य सस्थामा उचित गुणस्तरीय भवनको ब्यबस्था नहुँदा हरेक कामकाजमा समस्या हुने गरेको स्थानिय धनसरा चदाराले बताएकी छन् । आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा ब्यबस्थित भनवकै अभाव हुँदा दैनिक कामकाजमा समस्या हुने गरेको उनको भनाई छ । दिनहुँ स्वास्थ्य सस्थामा सेवाग्राहीहरु आउँछन् तर स्वास्थ्य संस्था साँघुरो हुनुका साथै ब्यबस्तिथ नहुँदा उभिएरै सेवा लिनुपर्ने बाध्यता रहेको उनको भनाई छ।स्वास्थ्य संस्थाको गुणस्तरीय भवनको लागी पालिकाले पहल गरेको भए यस्तो समस्या नहुने उनको भनाई रहेको छ ।
आधारभुत स्वास्थ्य संस्थामा भने जस्तो सेवा प्रवाह हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । सानो काठामै भारी सामान थुपारेर राख्नुपर्ने बाध्यता रहेको छ। दैनिक कामकाज गर्ने कर्मचारी लगायत सेवा लिन आउने सेवाग्राहीलाई सेवा लिन पनि मुस्किल भएको स्थानिय हन्त साकीैको भनाई रहेको छ । स्वास्थ्य संस्थामा गुणस्तरीय भवनको सुबिधा नहुँदा हामी जस्तै अन्य सेवाग्राहीलाई बिरामी पर्दा सेवा लिन समस्या भएको उनको भनाई रहेको छ । अधारभुत स्वास्थ्य संस्थाको भवन सानो छ ,त्यसमा कर्मचारी लाई नै समस्या छ फेरी त्यसैमा स्वास्थ्य संस्थालाई चाहिने औषधी उपकरण राख्नु पर्ने हुन्छ,सेवा लिन आउने सेवाग्राहीले उभिएरै सेवा लिनुपर्ने बाध्यता रहेको सार्कीले बताउनुभयो ।
आधारभुत स्वास्थ्य संस्थामा पालिकाले ३ जना कर्मचारी राखेको छ भने तालिम प्राप्त स्थायी कर्मचारीको अभाव रहेको छ । स्वास्थ्य संस्थाबाट दिने सेवा सु्बिधा हामीले निरन्तर दिईरहेका छौ,सेवाग्रहीलाई जस्तोसुकै अबस्थामा पनि हामीले उपचार गरीरहेका छौ तर गुणस्तरीय भवन बनाउनको लागी पालिकाले समन्वय गर्ने हो त्यहि गुणस्तरीय भवन नहुँदा सेवा प्रवाहमा समस्या भईरहेको आधारभुत स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले बताएका छन् । नेपाल सरकार संगै पालिकाले पनि स्वास्थ्य संस्थाको गुणस्तरीय भवनको लागी उचित समन्वय सहकार्य गरेको खण्डमा दैनिक कामकाज संगै सेवाप्रवाहमा सहजता हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।