टेक बहादुर बिश्वकर्मा,हैदराबाद भारतः कैलालीको धनगढी रिद्धिसिद्धि पार्टी प्यालेसमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय ठाडी भाका गायन प्रतियोगितामाबाजुराकी लक्ष्मी वि.क.द्धितिय भएकी छिन् । वि.क.ले प्रतिायोगितामा चर्चित बाजुरेली देउडा गायक प्रकाश थापाको स्वरमा रहेको “बसु दतारी नाई,” भन्ने निकै नै मार्मिक ठाडी भाका प्रतियोगितामा प्रस्तुत गरेकी थिइन् । उक्त ठाकी भाका गितबाट द्धितिय भएसंगै उनले नगद सात हजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गरेकी छिन्।
त्यस्तै उक्त ठाडी भाका गायन प्रतियोगितामा शेरबहादुर बिष्ट प्रथम,गणेश अबस्थी तृतिय,भागरथी साउँद,र ममता धामी सान्तवना हुनुभएको छ । प्रतियोगितामा प्रथम प्रतियोगि बिष्टले नगद १० हजार, सहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै तृतिय गणेश अबस्थीले नगद ५ हजार, सहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना हुने दुई जनाले ३ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
हिजो एक औपचारीक कार्याक्रमका बिच “ हाम्रो कला र संस्कृति गौरवपुर्ण शान,कलाकर्मीको उत्थानको लागी हाम्रो अभियान”भन्ने मुल नाराका साथ कैलालीको धनगढी रिद्धिसिद्धि पार्टी प्यालेसमा आयोजना गरीएको प्रदेश स्तरीय ठाकी भाका गायन प्रतियोगिता सम्पन्न भएको हो । सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान को आयोजना तथा राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेश समितिको सह आयोजनामा सञ्चालन भएको उक्त प्रदेश स्तरीय ठाकी भाका गायन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हिजो सम्पन्न भएको छ ।
प्रतियोगिताको निर्णायकको भुमिकामा लाल बहादुर थापा,लाल बहादुर धामी अछामी बड्डो,शोभा थापा,भुवन दाहाल, र ध्वज महरा रहेका थिए ।











