युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
38 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार ११,बाजुराः  जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले “ पर्यटकको नियमितता,बडिमालिका तिर्थयात्रा” भन्ने मुल नाराका साथ बडीमालिका तिर्थयात्रा बर्षलाई निरन्तरता दिने भएको छ । । नगरपालिकाले हिजो आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटककालाई बडीमालिका पाटन क्षेत्रलाई बाह्रै महिना सञ्चालन गर्न आबश्यक आधारभुत पुर्वाधार निमार्ण गर्दै हरेक बर्ष “ बडिमालिका तिर्थयात्रा” लाई निरन्तरता दिने नीति तथा कार्यक्रम थप सार्थकताका साथ अगाडी बढाइने नगर प्रमुख अमर खड्काले बताएका छन्।

अघिल्लो आर्थिक बर्षमा पनि “ बडिमालिका तिर्थयात्रा” लाई बिशेष प्राथामिकतामा राखेर कार्यक्रम सञ्चालन गरीएको थियो भने यस आर्थिक बर्षमा पनि उक्त कार्यक्रमलाई सार्थकताका साथ निरन्तरता दिईने नगर प्रमुख अमर खड्काले बताए । धार्मिक तथा ऐतिहासिक पबित्र भुमि बडीमालिकाको पर्यटन,प्रबद्र्धन तथा प्रचार प्रशार गर्न पालिकाले यस आर्थिक बर्षमा पनि बिशेष भुमिका खेल्ने प्रमुख खड्काले बताएका हुन् । बडीमालिका जाने बाटोलाई सोता पाटनसम्म नियमित सञ्चालन,र सहज रुपमा यातायात चल्न बनाउने पर्यटकलाई उक्त क्षेत्रमा वास बस्नको लागी होटलहरुको सट्टामा खर्क स्टेलाई नँया विकास मोडलको रुपमा अगाडी बढाइने खड्काले बताए । त्यस्तै बडीमालिका क्षेत्रको बढी भन्दा बढी प्रचार प्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकको आगमन संख्या बढाउने,पबित्र धार्मिक स्थल,स्वर्गको टुक्रा बडीमालिका,पालिकाको सान संगै सिंगो बाजुरालाई चिनाउने धार्मिक तथा पर्यटकिय स्थल भएको कारण त्यहाँ मानिसको आवतजावत सहज बनाउन यातायातका साधन सञ्चालन,भौतिक पुर्वाधारको निमार्ण गरी थप आझेलमा रहेको बडीमालिकालाई बिश्वसम्म चिनाउन पालिकाले निरन्तर प्रयास गर्ने उनले बताए ।

नगरपालिकाले पर्यटन पुर्वाधारलाई पनि बिशेष पहिलो प्राथामिकतामा राखेको हुँदा बडीमालिका लगायत अन्य पालिका भित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने निति अबलम्बन गरीने खड्काले बताए । पालिकाले बडीमालिका तिर्थयात्रालाई निरन्तरता दिदै गयो भने बडीमालिकाको पर्यटन प्रबद्र्धन तथा प्रचार प्रसारमा सहजता मिल्ने उनले बताए ।पुर्वाधार बिकाश तर्फ मार्तडी बडीमालिका धार्मिक एबम् मनोृरञ्जनात्मक स्तल बडीमालिकाको पर्यटकिय सडक निमार्ण कार्य सञ्चालन भईरहेको एबम् उक्त सडकको स्तरोन्नतीको काम समेत सञ्चालन गरीने उनले बताए । साथै बडीमालिका क्षेत्रलाई बिकास बिस्तार गर्न,पुर्वाधार निमार्ण,सडकको स्तरोन्नती, “ पर्यटकको नियमितता,बडिमालिका तिर्थयात्रा” भन्ने नारा साकार पारी बडीमालिका तिर्थयात्रालाई निरन्तरता दिन २९ लाख १६ हजार बजेट बिनियोजन गरीएको पनि बताए। बिरेखोला झरनको संरक्षण एबम् ब्यबस्थापनलाई पनि त्यसैमा समेटिएको उनले बताए ।

समुन्द्री सतहबाट करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमालाीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ ।नजिकै देखिने सुन्दर हिमाल, हिउँको तन्नामा सुतिरहेका त्यहाँका हिमालहरु र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना रहेका छन् । बडीमालिका माईको मन्दिरमा पुग्नको लागि बाजुरा मार्तडीदेखि पैदल यात्रा गरेर त्यहाँ जानुपर्ने हुन्छ ।पौराणिक कालअनुसार सतिदेविको मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । तसर्थ यस स्थानलाई बडिमालिका भनिदै बिस्तारै मालिका देविको पुजा आजा गरिदै आएको हो । बडीमालिका धार्मिक मात्र नभएर पर्यटकिय दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ ।जनै पुर्णिमाको मेलालाई ब्यबस्थित गर्न,तथा बडीमालिकाको यात्रालाई सहजता बनाउनको लागी बडिमालिका नगरपालिकाले गत आर्थिक बर्षबाट “ पर्यटकको नियमितता,बडिमालिका तिर्थयात्रा”लाई निरन्तरता दिदै आएको छ । यो आर्थिक बर्षमा पनि उक्त नारालाई आत्मसाथ गर्दे बडीमालिकाको पर्यटन प्रबद्र्धन गर्न पालिकाले यो नितिलाई सार्तकता दिइएको नगर प्रमुख अमर खड्काले बताए ।

“ पर्यटकको नियमितता,बडिमालिका तिर्थयात्रा” लाई पालिकाले हरेक बर्ष निरन्तरता दिदै जाने खड्काले बताए । स्थानिय पर्यटकिय षेत्रको बिकाश,त्यसको पर्यटन प्रर्बद्धन,तथा प्रचार प्रसार गर्नु स्थानिय पालिकाको बढी भुमिका रहने हुँदा बडीमालिका नगरपालिकाले पनि यसलाई आत्मसात गर्दै बडीमालिकाको प्ुर्वाधार बिकास,त्यहाँको भौगोलिक बिकटताको अध्ययन गरी मानिसको आवतजावतमा सहजता पुर्याउन सोता पाटन सम्म सडक निमार्णको कार्य,पर्यटकको लागी बास बस्न खर्क स्टेहरुको निमार्ण कार्यलाई बडीमालिका नगरपालिकाले प्राथामितामा राखेर सञ्चालन गर्ने खड्काले बताउनुभयो । बडीमालिका पर्यटकयि क्षेत्र बडीमालिका नगरपालिकाकै नाम संग मेल खाने भएकोले पनि त्यसको प्रर्बद्धन गर्न पालिकाको आबश्यकता रहेको हुँदा नगरपालिकाले “ पर्यटकको नियमितता,बडिमालिका तिर्थयात्रा”नारालाई आत्मसात गर्दे हरेक बर्ष निरन्तरता दिइने नगर प्रमुख अमर खड्काले निति तथा कार्यक्रम प्रस्तुत गर्दे बताउनुभयो ।

औपचारिक रुपमा जनैपुर्णिमाको बेला पूजाआजाको परम्परा रहेको बडीमालिकामा छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोट,धनगढी लगायतका तीर्थयात्रीहरुको आगमन गर्न पालिकाले यो अभियानलाएई निरन्तरता दिइने नगरपालिकाले  जनाएको छ । यस बर्षको मेलामा पनि नगरपालिकलो यसै अभियानलाई आत्मसात गर्दे निरन्तरता दिने पालिकाले जनाएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकास संगै बाह्य पर्यटकको संख्या बढाउनको लागी नगरपालिकाले हरेक बर्ष यो अभियानलाई निरन्तरता दिदै अगाडी बढ्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!