युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
58 पटक पढिएको

लोकतन्त्र बिहानी न्युज असार १६,बाजुराः  माध्याामिक शिक्षा परीक्षा (एसईई) मा बडिमालिका नगरपालिकाका १७० विद्यार्थी उत्तीर्ण भएका छन । भने ३४० जना बिद्यार्थी नन ग्रेडेडमा परेका छन । नगरपालिकाका ९ वटा वडा बाट सहभागी १० वटा बिद्यालयका ५१० सहभागी बिद्यार्थीहरुबाट सो संख्यामा उत्तीर्ण भएका हुन् भने ३४० बिद्यार्थीहरु नन ग्रेडेडमा परेका छन।

बडिमालिका नगरपालिका वडा नम्बर १ खेतीपातल पिनालेखमा रहेकाे जाल्पादेवि मावि बाट सहभागी २६ जना बिद्यार्थीहरु मध्ये ५ जना उत्तीर्ण भएका छन् भने २१ जना नन ग्रेडेड अर्थात ( एनजी) मा परेका छन् । त्यस्तै बडिमालिका नगरपालिका २ भाैनेरामा रहेकाे सत्यबादी मावि बाट सहभागी २९ जना बिद्यार्थीहरु मध्ये १ जना उत्तीर्ण भएका छन् भने अरु २८ जना नन ग्रेडेडमा परेका छन् । बडिमालिका ३ रजालीमा रहेकाे चाेयाकाेट माविका ३४ जना सहभागी बिद्यार्थीहरु मध्ये १ जना उत्तीर्ण भएका छन् भने ३३ जना नन ग्रेडेमा परेका हुन्। कैलाशेश्वरी मावि मनाका १८ जना सहभागी बिद्यार्थी मध्ये १० जना उत्तीर्ण भएका छन् भने ८ जना नन ग्रेडेडमा परेका हुन्।

त्यस्तै यता बडिमालिका नगरपालिका ६ मा रहेकाे नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयबाट सहभागी ६७ जना बिद्यार्थीहरु मध्ये कुनै पनि उत्तीर्ण हुन सकेनन् अर्थात् बिद्यालय निलमा आएको छ । बडिमालिका ७ मा रहेका दुई बिद्यालय मध्ये ज्ञानाेदय मावि बाट सहभागी ११ जना बिद्यार्थी मध्ये ५ जना उत्तीर्ण भएका छन् भने ६ जना नन ग्रेडेडमा परेका छन् । यस्तै साेहि वडामा रहेकाे लक्ष्मि मावि बाट सहभागी २१ जना बिद्यार्थीहरु मध्ये २ जना मात्रै उत्तीर्ण भएका छन् भने अन्य १९ जना नन ग्रेडेडमा परेका छन् ।

यता जिल्ला सदरमुकाममा रहेकाे मालिका नमुना माध्यामिक बिद्यालबाट साधारण तर्फ सहभागी २६८ जना मध्ये १२३ जना उत्तीर्ण भएका छन् भने १४५ जना नन ग्रेडेडमा परेका हुन् । साेहि बिद्यालयकाे खुला तर्फ बाट सहभागी १३ जना मध्ये २ जना उत्तीर्ण भएका छन् भने ११ जना नन ग्रेडेडमा परेका छन्। यस्तै बडिमालिका ईङ्लिस बाेर्डिङ स्कुलबाट सहभागी ५ जना बिद्यार्थी मध्ये ३ जना उत्तीर्ण भएका छन् भने २ जना नन ग्रेडेडमा परेका हुन् । यता क्रेटर जाेन ऐकेडेमि भने जिल्लाकै पहिलाे भएको छ । १८ जना सहभागी बिद्यार्थीहरु मध्ये सबै बिद्यार्थीहरु उत्तीर्ण भएका छन् । बडिमालिकाकाे पहिलाे हुनुका साथै सिङ्गो जिल्लाकै पहिलाे बनेकाे छ ।

पालिकाबाट सहभागी १० बिद्यालयका बिद्यार्थीकाे नतिजा हेर्दा सबैभन्दा उपलब्धि मुलक क्रेटर जाेन ऐकेडेमि काे देखिएकाे छ । बिद्यार्थी सङ्ख्याकाे आधारमा हेर्ने हाे भने मालिका माविकाे पनि सन्ताेषजनक रहेकाे पाईदैन् । नतिजा हेर्ने हाे भने सबैभन्दा कमजाेर नेरा. मावि काे रहेकाे छ जुन बिद्यालयबाट कुनै पनि बिद्यार्थी उत्तीर्ण हुन सकेका छैनन्। सहभागी ६७ जना बिद्यार्थी मध्ये सबै नन ग्रेडेडमा परेका छन् बिद्यालय निलमा परेकाे हाे। अन्य बिद्यालका बिद्यार्थीकाे सङ्ख्याकाे भन्दा न्युन बिद्यार्थी सङ्ख्या रहेकाे बडिमालिका ईङ्लिस र ज्ञानाेदय माविका करिब ६० र ५० प्रतिशत उत्तीर्ण हुन सफल भएका छन् भने कैलाशेश्वरिकाे पनि कुल बिद्यार्थी सङ्ख्या मध्ये ५५.५६ उत्तीर्ण हुन सफल भएका छन् । अन्य बिद्यालकाे भने निराशाजनक रहेकाे छ ।

यता बडिमालिका १ मा रहेकाे जाल्पादेवि माविका कुल बिद्यार्थी सङ्ख्या मध्ये १९.२३ बिद्यार्थी उत्तीर्ण भएका छन् । सत्यबादी मावि भाैनेराका कुल बिद्यार्थी सङ्ख्या मध्ये ३.४५ मात्रै उत्तीर्ण भएका छन् । चाेयाकाेट माविका कुल बिद्यार्थी सङख्या मध्ये २.९४ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । यता बडिमालिका ७ जिल्लिमा रहेकाे लक्ष्मि माविका कुल बिद्यार्थी मध्ये ९.५२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । नेरा माविकाे भने शून्य रहेकाे छ । मालिका माविका कुल बिद्यार्थी सङ्ख्या मध्ये ४५.९ प्रतिशत उत्तीर्ण भएका छन् खुलामा भने १५.३८ प्रतिशत उत्तीर्ण भएका छन् । क्रेटेड जाेन ऐकेडेमिका कुल बिद्यार्थी सङ्ख्या मध्ये १०० प्रतिशत नै उत्तीर्ण भएका छन् ।

पालिकाका बिद्यालयकाे नतिजा दुई तीन बिद्यालय बाहेक अरु सबै बिद्यालकाे निकै निराशाजनक रहेकाे छ । यसबारे समयमै सबैले साेच्नुपर्ने देखिएकाे छ । कुन बिद्यालयकाे शैक्षिक स्तर कसरी र किन खस्क्याे भन्ने बिषमा सम्बन्धित वडा र पालिकाले ध्यान दिन आबश्यक रहेकाे देखिन्छ । यदि यसलाई सुधार गर्न सकिएन भने पछिल्ला बर्षहरुमा झन शैक्षिक स्तर खस्किदै जाने सम्भावना रहेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड प्राप्त गरेका बिद्यार्थीहरुकाे ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते सञ्चालन गर्ने भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयकाे निर्णय अनुसार दुई विषय भन्दा बढि बिषयमा नन ग्रेडेड आएका बिद्यार्थीहरुले पनि पुरक परीक्षा दिन पाउने निर्णय गरेकाे छ । बढि मात्रामा बिद्यार्थी असफल हुदा यस्ताे निर्णय गरिएको बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!