युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
71 पटक पढिएको

असार २५,बाजुराः जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाजुरा सभाहलमा ‘स्थानीय स्थामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाईलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो।जिल्ला खोप समन्वय समिति बाजुराद्धारा आयोजित समारोहका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीएको हो । जन्मेदेखि १५ महिना सम्मका बालबालिकालाई सबै खाले खोप लगाई सकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिचता घोषणा गरिएको हो । जिल्लालाई कसरी किन पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरीन्छ भन्ने बिषयमा बिस्तृत रुपमा स्वास्थ्य कार्यालय प्रमुख चन्दले जानकारी गराएका थिए ।

जिल्लाका ९ वटै स्थानिय तहका बालबालीकाहरुलाई सबै खालका खोप लगाई सकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ९ वटै पालिकाले प्रत्येक वडामा गएर खोपबाट छुटेका र खोप भन्दा बाहिर रहेकाको तथ्यांक संकलन गरी उनीहरुलाई खोपको पहुँचमा पु¥याउदै नगरपालिका र गाउँपालिका हुदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन् ।

नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा परिभाषित गरी नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गरेको छ । आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट संचालन तथा व्यवस्थापन हुने कानुनि प्रावधान रहेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५मा खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा राखिएको छ । खोप सेवालाई व्यवस्थित बनाउनका लागि खोप ऐन २०७२ तथा नियमावली २०७४ र प्रदेश खोप एन २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि कानुनि प्रावधानहरु तय गरेको छ ।

सबै बालबालिकाले जन्म पश्चात खोप लगाउन पाउनुपर्ने र बाँच्नु पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पुर्याउनु हाम्रो जिम्मेवारी हो भने उपलब्ध सेवालाई निरन्तर रुपमा उपभोग गर्नु समुदाय तथा अभिभावकको दायित्व हो। अतहः नेपाल सरकारले खोप सेवा पाउन पर्ने लक्षित बालबालिकाहरुले जन्मेको १५ महिनाको उमेर भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले खोपको अवधारणा वि.सं.२०६७ बाट शुरु गरेको थियो। सोही अनुसार बाजुरा वि.सं.२०७४ सालमा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको थियो भने तत्तपश्चात जिल्लाका सवै वडा, स्थानिय तह हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आइएको छ।

खोप कार्यक्रममा निरन्तर काम गर्ने जिल्लाका ९ वटै पालिकाका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । जनस्तरमा नै गएर बालबालिकाहरुको खोपबाट बञ्चित भएकालाई खोपको पहुँचमा ल्याउने जिल्लाका ९ वटै पालिकाका स्वास्थ्यकर्मिलाई अबिर खादा र प्रमाण पत्रले सम्मान गरीएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रममा सभाअध्यक्ष जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले सबै नागरीकहरुले आफ्ना बालबालीकालाई खोप लगाउन अति नै आबश्यक रहेको बताएका थिए । खोपले जिवन रक्षा गर्ने भएकोले सबै नागरीकले आफ्ना बालबालीकालई खोप लगाउँन आबश्यक रहेको उनले बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले मानव शरिरको लागी खोप अति नै आबश्यक रहेकोले सबै बालबालीकाहरुलाई खोप लगाउँन आबश्यक रहेको बताउँदै खोपले शारिरिक अबस्थालाई पनि बलियो पार्ने हुँदा खोपको अलि नै आबश्यक रहेको बताएका हुन् । निरन्तर खोप कार्यक्रम सञ्चालन गरी सबै बालबालीकालाई खोप लगाउँन आबश्यक रहेको उनले बताएका हुन।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमकान्ता पौडेल,जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरी,सशस्त्र प्रहरी नायव उपरिक्षक शंकरदत्त तिवारी,दुर्गा भञ्जन गुल्मका प्रतिनिधि,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल,सचिव रमित विक,नेपाल प्रेश युनियन जिल्ला उापध्यक्ष जय बहादुर रावत,सचिव राम बहादुर विक, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,स्वास्थ्यकर्मि लगायत पत्रकारहरुको उपस्थित रहेको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको सञ्चालन प्रशान्तराज जोशीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!