युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
322 पटक पढिएको

धनगढी: आइतबार दिउँसो २ बजे कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा भारत प्रवेश हुनेको निकैनै लर्को लागेको छ । कैलालीको मोहना नदीे पुल देखि भारतको दशगजा क्षेत्र सम्म सिमा पार गर्ने नेपालीहरुको यतिखेर निकै नै लस्कर लागि रहेको छ । भारत तिर जानेहरुमा अधिकाँश महिला बालबालिका देखि कलिलो उमेर समूहका युवाहरु सँगै वयस्क पुरुषहरु पनि रहेका छन ।

कोरोनाको प्रभाव कम भएसँगै नेपालमा बेरोजगारी भएकोले आफुहरुले बर्षेनी रोजगारीका लागी भारत नै जाँनु पर्ने डोटीका एक स्थानिय लाल बहादुर थापाले बताए । गाउँघरमा काम गरी खाने बाटो नभएकोले ‘कोरोनाको कारण घर खर्च चलाउन पनि समस्या भएको उनले बताए । लाल बहादुर संगै गाउँका १७ जना पनि आइतबार नै भारत पसेका छन् ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर २ का रेवन्त साउद भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि गत चैतमा घर फर्किएका थिए । स्वदेश मै केही गर्ने योजना सहित नेपाल फर्किएका साउद वैशाख देखि लागु भएको लकडाउनका कारण घर भित्रै बसे ।

 

लकडाउनका कारण घर खर्च चलाउन समेत मुस्किल हुन थालेपछि पुन: भारत जानुपर्ने बाध्यता आइलागेको दु:खेसो उनको छ। ‘यताको सरकारले केही गर्ला जस्तो छैन्,’ उनले भने, ‘हामी विगतमा पनि भारतमै जान्थ्यौ, आज पनि जानुपर्ने बाध्यता छ।’ यतिबेला कञ्चनपुरको गड्डाचौकी नाका भएर पनि सयौं प्रदेशवासीहरु भारत गइरहेका छन् । कति पय धान नेपालीहरु रोपाईको काम सकेर घर खर्च चलाउन आफ्नो देश छोडेर भारत पस्दै छन ।

 

शुदुरपश्चिम प्रदेशका दुई नाका भएर मात्रै दैनिक १ हजार भन्दा बढी नेपाली भारत गइरहेका छन् । भारत जानेहरु मध्ये अधिकांश कामको लागि गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रवक्ता लालबहादुर बमले बताए । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तीनै तहका सरकार भने असफल भएका छन्। प्रदेशवासीको स्वदेशमै रोजगारी गर्ने सपना पुरा गर्नका लागि नीति–निर्माण गर्ने क्षेत्रमा पुगेकाहरुले चासो नदिएको गुनासो उनीहरुको छ।

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफु मुख्यमन्त्रीमा नियुक्त भएकै बेला कामका लागि प्रदेशवासीले भारत जानुपर्ने बाध्यताको अन्त्य हुने घोषणा गरेका थिए गरेता पनि उनको कार्यकालको तीन वर्ष पुरा भै सक्दा पनि स्वदेशमा रोजगारीका अवसरहरु सिर्जना गर्नतर्फ प्रदेश सरकारको ध्यान भने जान सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!