युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
149 पटक पढिएको

बाजुरा: जिल्लाको मुख्य राजमार्ग मानिने साँफे–मार्तडी सडकखण्ड दुई साता अघि देखि अवरुद्ध बनेको छ । गत हप्ता आएको अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्डको बार्जुगाड, सेरा, बल्दे , अम्कोट लगायतका विभिन्न ठाउँमा पहिरो खसेपछि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध बनेको हो । हरेक वर्ष वर्षायाममा अवरुद्ध हुँदै आएको साँफे–मार्तडी सडकखण्ड यसपालि भने गत जेठ महिनाबाटै पटक–पटक अवरुद्ध हुँदै आएको छ । गत जेठमा अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड अन्तरगत पर्ने रिलामा बाढी पहिरो आँउदा सडक अवरुद्ध हुनुका साथै स्थानियका होटेल पसलमा समेत क्षती पुर्याएको थियो भने बुढीगंगा नगरपालिका अन्तरगत पर्ने ताप्रेसेरा खोलामा आएको बाढीेले सडक अवरुद्ध पार्नुका साथै सेरा बगरमा स्थानियले लगाएको गहुँबाली पनि नष्ट पारेको थियो ।

जेठ महिनामा वर्षासंगैको बाढीका कारण अवरुद्ध बनेको सडक सडक डिभिजन कार्यालय अछामले स्काभेटर प्रयोग गरी सडक संचालनमा ल्याएको थियो । पुन: असार पहिलो हप्ताबाट लगातार सुरु भएको बर्षाका कारण साँफे–मार्तडी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको थियो । सो सडक अवरुद्ध बनेको दुईसाता बढी बितिसक्दा पनि संचालनमा आउन सकेको छैन । सदरमुकाम मार्तडीबाट तिपाडासम्म विभिन्न ठाउँमा आएको पहिरो पन्छाएर सडक संचालनमा आएपनि तिपाडादेखि बेतालमाण्डौँसम्मको सडक भने पुर्ण रुपले अवरुद्ध बनेको छ । तिपाडादेखि तल बल्दे,अम्कोट, ताप्रेसेरा लगायतका विभिन्न ठाउँमा पहिरो आएका कारण सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामले स्काभेटर प्रयोग गरेर बेलातमाण्डौँ,बार्जुगाड, तापे्रेसेरा लगायतका ठाउँहरुमा सडक मर्मत गरिरसकेको र अहिले बल्दे नजिकै अम्कोटबाट साँफे–मार्तडी सडकखण्डमा खसेको पहिरो पन्छाउँदै गरेको र सडकमा खसेको ठुलो ढुंगाका कारण मर्मतमा ढिलाई भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अबको एक/दुई दिनमा स्काभेटरले बल्देको पहिरो पन्छाएपछि सडक पुर्ण रुपमा संचालनमा आउने जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साँउदले जनाकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!