काठमाण्डौ:– नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ ।
काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताए ।
काँग्रेसमा निर्वाचन सम्बन्धी गतिविधि हेर्दै आएका उनले भने, अहिले अदालतले केही निर्णय गरेको छैन । हामीले हिजो पनि अदालतले जे निर्णय गर्छ मान्छौँ भनेका थियौं । आज पनि हाम्रो त्यही भनाइ हो ।
तर हिजोको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ । हिजोको र अहिलेको संसद विघटन फरक छ । संविधानको धारा ७६ को पाँच अन्तरगत बहुमत सांसदले सर्वोच्चमा रिट दिएका छौं । त्यसलै अहिले नै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिहाल्नुपर्ने परिस्थिति थिएन ।
राताेपाटीबाट साभार