बाजुरा:– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ मा रहेको पाटा सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज कर्ण गुयाललाई सो गाँउका स्थानियहरुले सेवा नदिएको आरोप लगाएका छन ।
बुधबार एक ११ बर्षिया बालिकालाई बिहान देखी ज्वरो आएको र बेलुका स्वास्थ्य केन्द्रमा लिएर उपचार गराउन खोज्दा स्वास्थ्य इञ्चार्जले मदिरा सेवन गरेर सेवा नदिएको भन्दै स्थानिय डबल दानीले आफ्नो सामाजिक सञ्जालमा आपक्ती ब्यक्त गरेका छन । स्वास्थ्य इञ्चार्जले रक्सी सेवन गरेर अफिस समय भन्दा पछाडी आफुले सेवा दिन नसक्ने भनेर भनेको भन्दै स्थानियले आक्रोस पोखेका हुन ।
यता पाटा सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज कर्ण गुयाललाई यस विषयमा के भएको हो भनी सोध्दा पाटा स्वास्थ्य केन्द्रमा बर्थिङ्ग सेन्टर नभएको र आफु एक्लै भएकोले कार्यालय समय भन्दा पछाडी सेवा दिन नसक्ने बताए । इञ्चार्जका अनुसार हाल २४ घण्टे सेवा नभएको तर आकस्मिक बिरामीलाई स्ट्रेचरमा बोकेर ल्याएमा मात्र उपचार गर्न सकिने बताएका छन । सामान्य बिरामीलाई एक्लैले २४ सै घण्टा सेवा दिन नसक्ने भएकोले आफुले कार्यालय समय भन्दा अगाडी पछाडी सेवा दिन नसक्ने बताए ।
इञ्चार्जका अनुसार बिहान १० बजे देखी ३ बजे सम्म मात्र कार्यालयको ओ.पि.टी सेवा दिन सकिने त्यस पछि ४ बजेदेखी ५ बजेको समयमा प्रशासनिक काम भएको हुदा आफुलाई निकै नै बोझ बरेको बताएका छन । सो स्वास्थ्य केन्द्रमा बुधबार आएको बिराामीलाई आफुले ब्रोफ्लोम दिएर पठाएको र थप उपचारका लागि भोली बिहान कार्यालय समयमा आउननु भनेर पठाएको उनि बताउछन । यसरी आफुले सकि नसकि एक्लैले सेवा दिइ रहदा पनि बिरामीकी आमा खिरी दानी लगायतका स्थानियहरुले आफुलाई थर्काएको स्वास्थ्य इञ्चार्ज गुयालले लोकतन्त्र बिहानी न्युजलाई बताए ।
यता यो बिषयमा के भएको हो भनी बिरामी बालिकाका बुवालाई सोध्दा आफ्नी छोरीलाई बुधबार बिहान देखि ज्वरो आएकोले बेलुका ५ ज्वरो बढी भएकोले चेकजाँचकाा लागी स्वास्थ्य केन्द्रमा लिदा स्वास्थ्य इञ्चार्जले अहिले मरे पनि सेवा दिन सकिदैन भोली बिहान आउनु भननेर भनेको बताए । स्वास्थ्य केन्द्रको निर्णय अनुसार कार्यालय समय भन्दा अगाडी पछाडी स्वास्थ्थय सेवा दिन नसकिने निर्णय भएकोले सोही अननुरुप आफु चलेको भन्दै उपचार नगरेको प्रति आपत्ति जनाएका छन । यसरी चेकजाँचका लागी स्वास्थ्य केन्द्रमा बिरामीलाई लिदा स्वास्थ्य इञ्चार्ज गुयालले मधिरा सेवन गरेर मात्तिएर सेवा दिन नसक्ने भनेकोमा निजलाई गाँउबाट कालो मुसो दलेर धपाउने समेत चेतावनी दिएका छन ।
अति ज्वरो बढेपछि पिठी हाालेर स्वास्थ्य चेकजाँचका लागी स्वास्थ्य केन्द्र लिएकको बिरामीलाई कार्यालय समय भन्दा अगाडी पछाडी सेवा नदिने भन्ने स्वास्थ्य केन्द्रको निर्णय देखाउनुस भनेर इञ्चार्जलाई भन्दा अरुलाई निर्णय देखउन नमिल्ने भनेको भनेका छन ।
यसरी स्वास्थ्य जस्तो संवेदनशिल बिषय माथी स्वास्थ्य कर्मीले गरेको मधिरा सेवन गरेर खेलवाड गरेको भन्दै स्थानियहरुले त्यसको बैधानिक उपचार खोज्न सक्ने र त्यो समयको भागेदार स्वयम स्वास्थ्य इञ्चार्ज गुयालले आफै रहनु पर्ने कुरा लोकतन्त्र बिहानी न्युजलाई बताए ।