युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
84 पटक पढिएको

काठमाडौँ — सत्तारूढ दल एमालेमा चार महिनादेखि जारी आन्तरिक विवादलाई समाधानको बिन्दुमा पुर्‍याएको दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले दाबी गरेको छ । पार्टीभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधि बन्द गर्दै शक्ति सन्तुलन मिलाएर अघि बढ्ने सैद्धान्तिक सहमति कार्यदलमा भएको छ ।

त्यही सहमतिको जगमा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउने गरी आइतबार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच औपचारिक सहमति गराउने तयारी छ ।

कार्यदलका नेताहरूले पार्टी एकताका विषयमा आइतबार औपचारिक रूपमा ‘सुखद समाचार’ आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्च अदालतबाट फैसला आउने सम्भावना भएकाले त्यसअघि नै पार्टीभित्र एकताको कोसिस भएको हो । त्यही कारण पनि आइतबार सहमति गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओली र नेता नेपाल पक्षका नेताहरूले आआफ्नो समूहमा सम्भावित सहमतिका विषयबारे शनिबार मध्यरातसम्मै छलफल गरेका थिए । सहमति हुने विषयमा सबैको स्वामित्व दिलाउने कोसिसअनुसार दुवै पक्षले आन्तरिक छलफल गरेका हुन् ।

शनिबार राति चलेको भर्चुअल बैठकमा नेता नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूसँग छलफल गरे । ‘कार्यदलमा भएका छलफल र अहिलेसम्म सहमति जुटेका विषयबारे सदस्यहरूले जानकारी गराउनुभयो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘कार्यदलले फाइनल गर्नुअघि हाम्रो टिममा छलफल भएको हो । छलफल चल्दै छ । निष्कर्ष निस्केको छैन ।’

पार्टी विभाजनको संकट टार्न कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका करिब आधा दर्जन विषयमा सहमति जुटाएको सदस्यहरूको दाबी छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग गरिएको हस्ताक्षर फिर्ताबारे अदालतलाई प्रभावित नपार्ने गरी भाषा लेख्न कार्यदलमा सहमति बनेको नेताहरूको भनाइ छ । ‘हामीले काम टुंग्याए बराबर छ । भोलि (आइतबार) बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुनेछ,’ ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले भने ।
नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले आफूहरू छलफलको अन्तिम बिन्दुतिर पुगेको बताए । कार्यदल सदस्य गोकर्ण बिष्टले पनि आइतबार सुखद समाचार दिने गरी सफलता प्राप्त गर्ने दाबी गरे । ‘पार्टी एकताका समस्या के थिए, ती समस्याको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा गम्भीरताका साथ एकले अर्काको मनोविज्ञान र समस्या बुझ्दै छलफल गर्‍यौं । लगभग एउटा निष्कर्षमा आइपुगेका छौं । अब हामीसँग छलफलका त्यति धेरै विषय बाँकी छैनन् । एक हदसम्म त्यसलाई औपचारिकता दिने काम बाँकी छ,’ बिष्टले भने ।

कार्यदल सदस्यहरूका अनुसार शुक्रबार पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको हो । दुवै पक्षका नेता सम्मिलित कार्यदलका सदस्यले ‘पार्टी र संसदीय दल संस्थागत हिसाबले चल्ने’ भन्नेमा सहमति गरेका छन् । सहमति कार्यान्वयनका लागि आवश्यक परे विधान महाधिवेशन गर्ने समझदारी बनेको कार्यदल सदस्यहरूले बताएका छन् । विधान महाधिवेशन ओली पक्षले एकलौटी रूपमा घोषणा गरिसकेको छ । विगतका कमीकमजोरीलाई बिर्सेर भावनात्मक हिसाबले एकताबद्ध हुन समग्र पार्टी पंक्तिलाई आह्वान गर्ने विषयमा पनि कार्यदलमा सहमति जुटेको छ ।

दोस्रो तहका नेताहरूको सक्रियता र निरन्तरको अनौपचारिक छलफलपछि अध्यक्ष ओली र नेता नेपालले डेढ महिनादेखि निष्क्रिय कार्यदललाई सोमबार सक्रिय बनाएका थिए । कार्यदलमा ओली पक्षबाट नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षका तर्फबाट रावलको नेतृत्वमा घनश्याम भुसाल, बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदलकै पहलमा बुधबार अध्यक्ष ओली र नेता नेपाल वार्तामा बसेका थिए । बिहीबार ओली र नेपाललाई पुन: वार्तामा बसाउने उनीहरूको योजना थियो । तर ठोस प्रगति नभएपछि उनीहरूबीच पुन: छलफल भएको छैन । कार्यदलले तयार पारेको मस्यौदामा सहमति भए ओली र नेपालबीच भेटको सम्भावना रहेको एक सदस्यले बताए ।

कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!