मीन बहादुर खड्का/बाजुरा– जिल्लाको बुढीगंगा नगरपाालिका वडा न. ४ खोडालबाडाका ६६ बर्षिया बुद्दे रावतको आर्थिक अबस्था कमजोर भएकाले उपचारमा समस्याा परेको छ । बिगत ५ बर्ष देखि प्याारालाइसिस रोगबाट ग्रस्त रावतको शरिरका केही भागहरु पुर्ण रुपमा नच्ल्ने भैसकेको पारिवारिक श्रोतले बताएका छन् ।
५ जना परिवारका सदस्य रहेकोे रावत अपाङ्ग भए देखि घरको आर्थिक अवस्था थप दयनिय भएको छ । आर्थिक अवस्थाले धान्न नननसके पछि उपचारमाा समस्या परेको पीडित रावत बताउछन ।
घरको आर्थिाक अवस्था कम्जोर भएकै कारण रावतका नावालक छोरा १५ बर्षको उमेर देखि नै मजदुरीका लागी भारतका बिभिन्न सहरहरुमा पसेर मजदुरी गर्दै आएका छन् । परिवार पाल्न र बाबाको उपचारका लागि भनेर काम गर्न भारत गएका छोराको कमाइले परिवार पाल्न समेत धौ–धौ परेकोले हाल सम्म निज रावतको उपचार हुन नसकेको ंगा नगरपाालिका वडा न. ४ का वडा स्तरिय प्रगतिशिल बाल क्लबका सचिब सबिन रावतले लोकतन्त्र बिहानी न्युजलाई जनकारी दिए । र बाल क्लबका सचिब अनुसार निज पीडितले हालसम्म अपाङ्ग परिचय समेत नपाएका कारण बाल क्लबले निजको अपाङ्ग परिचय पत्रका लागि नगरपालिका सम्म समन्वय गरेका छन् ।
पीडित रावतलाई अपाङ्ग परिचय–पत्र समेत दिलाउनुका साथै उनको घरे परिवारको आर्थिक अवस्था कमजोर भएको कुरालाई ध्यानमा राखी निजका छोरालाई रु, २,०००/– बराबरको शैक्षिक सामाग्री वडा इस्तरिय बाल कलबले बितरण गरेको छ । रावतको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछी वडा इस्तरिय बाल कलबका पदाधिकारीहरुले स्ट्रेचरमा बोकेर अस्पताल सम्म बोकेर लगिएको बाल क्लबका सचिव रावतले बनताए । जिल्लामा उनको उपचार हुँन नसके पछि थप उपचारका लागि बाहिर पठाउनु पर्ने हुँदा आर्थिकले धन्न नसक्ने पनि जानकारी प्राप्त भएको छ ।
उनको उपचारका लागि सम्बन्धीत वडा कार्यालय र नगरपालिकाको कार्यालयलाई सहयोग गर्न वडा स्तरिय बाल कलबले प्रस्ताव गरेको भएता पति उक्त प्रस्तावलाई सम्बन्धीत कार्यालयले सुनाई नगरेको सचीव रावतले बताए । साथै निज रावतको उपचारका लागि सम्बन्धित सबैले सक्दो सहयोग गरिदिन हुन वडा इस्तरिय बाल कलबले अपिल गरेको छ ।