बाजुरा:
बाजुराको मुख्यसडक मानिएको साँफे मार्तडी सडकखण्ड थप अवरुद्ध बन्दै गएकाे छ । करिब १ साता पुग्न लाग्दा समेत पनि अझै नखुलेको पाइएको हाे ।
जसका कारणा जिल्ला सदरमुकाम सम्म अायाेतजातमा समस्या परेकाे छ । लगातारकाे वर्षापछि साँफे–मार्तडी सडकखण्ड अन्त्रगत बुढीगंगा नगरपालिका– बल्देमा पहिरो जाँदा उक्त सडक करिब १ साता अघिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बर्षायाममा साँफे–मार्तडी सडकखण्ड पटक–पटक अवरुद्ध हुने भएकाले सडक डिभिजन कार्यालय अछामले पुर्व तयारीका साथ उक्त सडकखण्डमा स्काभेटर तयारि अवस्थामा राखेकाे भएपनि निरन्तरको वर्षापछिको पहिरोले अवरुद्ध सडक झन् थप ठाउँ–ठाँउमा अवरुद्ध बन्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साँउदले जानकारी दिए ।
उनका अनुसार साँफे–मार्तडी सडकखण्डको बल्देमा अहिले पनि स्काभेटरद्धारा पहिरो हटाउने काम भैरहेको भएपनि पुन: ठाउँ–ठाँउमा पहिरो खस्ने भएकाले सडक संचालनमा आउन नसकेको र स्काभेटरले पहिरो पन्छाउने काम भैरहेकाले केही दिनमा सडक संचालनमा आउने बताइएको छ ।
बाजुराको मुख्य सडकखण्ड मानिएको साँफे–मार्तडी सडक पटक–पटक अवरुद्ध भैरहँदा पनि त्यसको बैकल्पिक सडक संचालनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ, । बैकल्पिक सडक संचालनका लागि पटक–पटक पहल गरेतापनि सम्बन्धित निकाएकाे भने यसमा ध्यान नगएकाे पाइएकाे छ । साेहि कारण व्यापारीले सास्ती र उपभोक्ताले मार खेपीरहनु परेकाे छ ।