बाजुरा– एम.के. बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी प्रा.लि.ले सम्पन्न कामको भुक्तानी सडक डिभिजन कार्यालय साँफेबगर अछामले रोकेको आरोप लगाएको छ । सडक डिभिजन साँफेबगर अन्तर्गतको ठेक्का नम्बर RDSNF/33701138/076/77–09 को रनिङ बिल भुक्तानीका लागि मिति २०७८ जेठ २८ गते पेस गरेको भएता पनि राजमार्ग स्तरोन्नती अन्तर्गत बजेट शीर्षक नम्बर १३८ बाट भुक्तानी पाउनु पर्नेमा उक्त बजेट शिर्षकबाट रकम रु ५ करोड भन्दा बढी फ्रिज भएको तर, समयमै सम्पन्न कार्यको बिल पठाउँदा पनि भुक्तानी नदिएको कम्पनीका प्रबन्ध निर्देशक चक्र शाहको भनाइ रहेको छ ।
उनले भुक्तानीका लागि ६० लाख ३० हजार ५ सय २३ रुपैयाँ ९७ पैसाको बिल निवेदन सहित २०७८ जेठ १६ मा सडक डिभिजन कार्यालय साँफेबगरको इमेलमा निवेदन पेस गरेको र उक्त कार्यको साइड भेरीफिकेशनका लागि २०७८ जेठ २८ मा मेजरमेण्ट सिट सहित कार्यालयमा भुक्तानीका लागि पेस गरेको भएता पनि सडक डिभिजन कार्यालयका कारेयरत इन्जिनियर सव इन्जिनियर र लेखाका कर्मचारीहरुले १० प्रतिशत कमिशन माग्दा कमिशन नदिएकाले भुक्तानी रोकेको शाहको आरोप छ। कार्यालय तथा साइड इन्चार्जसँग कुरा गर्दा समयमै भुक्तानी गर्छौ भनेता पनि क्लोजिङ्गमा समेत भुक्तानी नपाएको उनको गुनासो छ । २०७८ जेठ मध्येतिर पेश भएको विल असाढ ३१ कोलेनिका अछाममा पठाइयो तर सडक डिभिजन कार्यालय साँफेबगरले भुक्तानीकालागि पठाएको दिनभन्दा एक दिन अगाडी नै महालेखा नियन्त्रक कार्यालयले सफ्टवयरको सिस्टम बन्द गरि सकेको थियो यसो गरिनु भनेके सरासर भुक्तानी नदिने नियत प्रष्ट देखिन्छ ।
शाहले दिनु भएकाे जानकारी अनुसार यो सरासर गत नियत हो। सम्झौता अनुसार तोकिएको काम गर्दा कमिसन किन दिने ? सडक डिभिजन कार्यालय साँफेका निमित्त कार्यालय प्रमुख दमन विष्टले भने २ करोड १३ लाखमा समुझौता भएको सडकको काम हाल ३० प्रतिशत मात्र सकिएको भुक्तानीका लागि ३० गते कोलेनिका पठाएको भएता पनि सिस्टम डाउन भैसकेकाले भुक्तानी हुन नसकेको बताए त्या भन्दा अरु विषय मलाइ जानकारी भएन । मैले उहाँको काम रोक्न खोजेके होइन उनले भने। तर सो भन्दा अगाडी समेत’ सोहि सडक खण्डको जडाङ्गा स्थित बुढीगंगा नदीमा निर्मित बेलिब्रिज निर्माणको भुक्तानीमा समेत कमिशनकै कारणाले भुक्तानी ३ महिना ढिलो गरी भुक्तानी भएको थियो । कम्पनीले दुई महिनामा त्यो काम सम्पन्न गरि हस्तान्तरण गरेका थियो।
सो बेलिब्रिज फागुन १४ गते सम्पन्न गरी फागुन २८ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेद्धारा उद्घाटन गरी यातायात सँचालन भएको थियो । यस सडक खण्ड अन्तर्गतका विभिन्न अधुरा ठेक्काहरुमा समेत कमिशनका कारणले गर्दा समयमा काम गर्न गराउन नसकि बार्जुगार्ड देखि सदरमुकाम मार्तडी सम्मको सडक ठाउँठाउँमा अवरुद्ध भइ सवारी आवागमन रोकिएको अवस्थामा छ । यस्ता गतिविधी तथा कमिशनको मोलमोलाइले गर्दा कयौ योजनाहरु समयमा सम्पन्न नहुने र विकास बजेट खर्च प्रतिशत न्यान देखिने गर्छ । यस कारण यस्ता गतिविधीका विरुद्ध सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।