चक्र बहादुर अएडी/बाजुरा– नेपाली काँग्रेस अनुशासन समितिको बैठक सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच जिल्लामा उपलव्ध नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पार्टीको हित विपरित प्रचार प्रशार नगर्न नेपाली काँग्रेस अनुशासन समिति बाजुराले निर्णय गरेको छ ।
होटल हिलटपमा संचालन भएको नेपाली काँग्रेस अुसानसन समितिका सदस्य चक्र बहादुर शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा भिन्नि किसिमा निर्णयहरु पारित गरिएको छ । नेपाली काँग्रेशको १४ औ महाधिवेश नथा ७ औ जिल्ला अधिवेशन नजिकिरहेका बेला नेपाली काँग्रेस जिल्ला कार्य समितिको असार २७ गते बसेको बैठकबाट निकालिएको विज्ञप्तीको पुर्ण पालना गर्न सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको २०७८ साल असार २७ गते निकालिएको विज्ञप्तीमा पाटिको हितविपरित हुने खालका अनरगल प्रचार बाजि नगर्न र नगराउनु सम्वद्धध सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ । सो कार्यले पाटिलाई बलियो बनाउने दिशा तिर भन्दा कमजोर बनाउने दिशा तिर लग्ने जारि गरिएको विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै आज बसेको बैठकमा कुनैपनि नेता तथा कार्यक्रताको व्यवस्थापन सहितको कार्ययोजना तायार गरि निरन्तर छलफलका लागि सक्रिय रहन प्रतिवद्धता व्यक्त गरिएको नेपाली काँग्रेश बाजुराले बताएको छ । नेपलाी काँग्रेश अनुसासन समितिका सदस्य चक्र बहादुर शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेश बाजुराका सचिव रनसिंह अएडी , संगठन विभाग प्रमुख धनराज पण्डित, महाधिवेशन प्रतिनिधि जनकविक्रम सिंह, बडिमालिका नगरपाकिला नगर उपप्रमुख कविता विस्ट, नेपाल महिला संघ अध्यक्ष अमृता सिंह, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य धन बहादुर रावत, देव बहादर रोकाया, शेर बहादुर खाती, सुचना संचार विभाग प्रमुख तिलक राज पुरीको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रममा कर्मचारि संघका अध्यक्ष तिलक थापा, नेपाल शिक्षक संघका सचिव विविन विस्ट , राजेन्द्र शाह वि.पी लगाएत नेपाली काँग्रेसका भातृ संगठन नेविसंघ, दरुण दल, महिला संघ दलित संघ लगाएतको सहभागिता रहेको नेपाली काँग्रेस कार्यलय सचिव टेक बहादुर रोकायाले जानकारी दिनु भएको छ ।