सन्धिखर्क : बिजुलीबाट चल्ने मकै पिस्ने झातो (मिल) चलाउने क्रममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीय कमला राना आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने झातो चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् ।
करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । सोहि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।