काभ्रे : काभ्रेको बनेपा नगरपालिका खाल्चोकबाट प्रहरीले ११ जना जुवाडे पक्राउ गरिएको छ । उनीहरुको साथबाट सात लाख नगदसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
उनीहरूलाई जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौरस्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरिएको र उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ नगद बरामद गरिएको एसपी खत्रीले बताए ।
घरको अण्डर ग्राउण्डको कोठामा तास खेलिरहेको अवस्थामा मंगलबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका