राम बहादुर दानी/काठमाण्डौ- नेपाली काँग्रेसका युवा नेता लोकेन्द्र शाहीले जनावरहरुलाई फलफुल खुवाएर जन्म दिन मनाएका छन् ।
दुर्गम बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका वडा नम्बर ३ जुकोटमा बिक्रम सम्वत २०५० साल श्रावण १५ गते स्वर्गीय आमा विष्ना देवि शाहीको कोखबाट कान्छो सुपुत्रको रुपमा जन्मिएका थिए ।
काठमाण्डौमा अध्यान थलोसँगै आफ्नो छुट्टै राजनिति पृष्ठभुमी बनाई सकेका शाहीले शुक्रवार २७ औँ वसन्त पार गरेर २८ औँ बसन्तमा पार गरेको जन्मोत्सवको अवसरमा काठमाण्डौको मृगस्थलीमा रहेका बाँदर, गाई,कुकुर र वेवारिसे रोडमा मगन्ते जीवन बिताईरहेका दिन दुखीहरुलाई केरा, स्याउ र आँप लगायतका फलफुलहरु बितरण गरेर जन्म दिन मनाएका छन्।
यसरी बिदेशी चलन चल्तिको देखासिखी गरेर खर्चिलो र बिलाशी जन्म दिन बनाउनु भन्दा सडकमा बेसाहारा जीवन बिताई रहेका दिन दुखी गरिवहरुलाई खानेकुरा खुवाएर जन्म दिन मनाएको उनी वताउछन । पशुपति क्षेत्रमा रहेका बाँदर कुकुर र गाई बस्तुहरु लगायतका जनावरलाई उनले फलफुल खुवाएर जन्म दिन मनाएका हुन ।
आफुले यस्तो सरल सहज र सेवा मुलक भावनाले मनाएको जन्म दिनको यो सन्देसले सबै नेपाली मनहरुमा एक अर्का प्रतिको दया,माया,सहिष्णुता र सद्भावको सम्वन्धलाई प्रघाट बनाउने सन्देश दिएको पनि युवा नेता शाहीले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए ।
यसरी आफुले जनावर तथा बेवारिसे मानिसहरुलाई फलफुल वितरण गरेर मनाएको जन्म दिनले मौलिकताको खोजि गरेको उनले बताएका छन ।
नेपाल बिद्दार्थी सँघ सि.टि.ई.भि.टि.ई. उपा-अध्यक्ष तथा विश्व हिन्दु युवा सँघ नेपालका मुख्य सचिव जस्ता जिम्मेवारी पदमा रही सेवा गरेका नेता शाहीले राजधानीमा बसेर आफ्नो राजनितिमा छुट्टै पहिचान देखाएका छन । नेता शाहीले यश अघि पनि हरेक विपतिका समयमा दुर्गम जिल्लाबाट मजदुरी वा पढाईको शिलसिलामा राजधानीमा रहेका ब्यक्तिहरुको सेवक भएर काम समेत गरि सकेका छन ।
शुक्रवार फलफुल वितरण गरि काठमाण्डौको पशुपति क्षेत्र र मृगस्थलीका जनावरहरुलाई फलफुल वितरण गरेर जन्म दिन मनाउदै नेता शाहीका सहपाठी दौतरीहरुले यसरी समाजमा एकता,सद्भाव र सहिष्णुता पुर्वक जन्मदिन मनाएकोमा धन्यबाद ब्यक्त गर्दै जन्मदिनको शुभकामना दिएको जानकारी युवा नेता शाहीले लोकतन्त्र विहानीलाई दिए ।