मिन बहादुर खड्का:/बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका वडा न १ डिमर गाउँ निवासी नेपाली कांग्रेस क्रियाशिल सदस्य एवम एक कुसल अभिभावक जयकर्ण गिरीको निधन भएको छ ।
आइतबार आफ्नै निवास ८५ बर्षको उमेरमा गिरीको निधन भएको हो ।
गिरीको निधन प्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले एक शोक वक्तव्य जारी गर्दै गिरीको निधनले सिङ्गो नेपाली कांग्रेस स्तब्ध भएको भन्दै दुख व्यक्त गरेको छ ।
यस दुखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण शक्ति प्रदान गरुन भनी बडीमालिका मातासंग प्राथाना गर्दै नेपाली कांग्रेस बाजुरा गहिरो समवेदना प्रकट गर्दछ शोक वक्तव्यमा भनिएको छ ।
नेपाली कांगे्रस जिल्ला कार्य समिति बाजुराका सचिव टेक बहादुर रोकायाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा नेता गिरीको निधनले नेपाली कांग्रेस बाजुराले एक कुसल अभिभावक गुमाउनुका साथै ठुलो क्षति वेर्होनु परेको कुरा समेत शोक वक्तव्यमा उल्लेख गरिएको छ ।