मिन बहादुर खड्का / बाजुरा: बुढिगंगा नगरपालिका वडा न।१० दलित नेटवर्क कमिटीले वडाका चार जना एकल दलित महिलालाई खाद्यान्न सहयोग गरेको छ ।
चार जना दलित एकल महिलालाई प्रति ब्यक्ति २५ केजि चामल , ५ केजि दाल दुई ,पोका तेल ,एक पोका नुन गरि प्रति ब्यक्ति रु २५०० बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
बुढिगंगा नगरपालिका वडा न १० दलित नेटवर्क कमिटीले ती एकल महिलालाई केही दिनका लागी राहत होस भन्ने उदेश्यका साथ खाद्यान्न सहयोग गरिएको बताइएको छ ।
सो खाद्यान्न बुढिगंगा नगरपालिका वडा न. १० का दलित नेटवर्क कमिटीका सचिव तथा भगवती मा ।वि का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश सार्कीले चार जना एकल महिलालाई हस्तान्तरण गरेका हुन ।
साथै सो दलित नेट्वर्क कमिटीले सोही वडा न. १० को तिमाडामा रहेको आरन घरका लागी रु ३० हजार बराबरको जस्ता पाता पनि सहयोग गरेको
सामाजिक अभियान्ता पारस रावलले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।