युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
703 पटक पढिएको

राम बहादुर दानी/काठमाण्डाै- पुर्ख्यौली घर बाजुरा जिल्ला साविकको कुलदेवमाण्डौ गा.वि.स. भै कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा जन्मिएकी पछिल्लो पुस्ताले मन पराएकी चर्चित गायिका हुन रेखा जोशी ।                                                      सानै उमेर देखि काम प्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण बनेकी सफल देउडा गायिका हुन रेखा जोशी । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल गायिकाको रुपमा छुट्टै पहिचान बनाएकी छन । करिव पाँच/छ वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा रेखाले प्रवेश गरेकी हुन ।          छोटो समयमै दर्षक श्रोताको मनमा बस्न सफल गायिका जोशीका कर्णप्रिय देउडा गीतहरु निकै नै चर्चित बन्न पुगेका छन् । बिशेषतः उनी देउडा बिधामा अब्बल गायिकाको रुपमा स्थापित बन्न पुगेकी छन् । गायिका जोशीले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिई सकेकी छन् । वि.सं. २०७१ मा ‘घुटुक्क बाडुली लाया’ गीतबाट पहिलो पाईला टेकेकी गायिका जोशीले क्रमिक रुपमा शयौँ गीतहरुमा आवाज दिई सकेकी छन ।                    तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा उनलाई परिचित गराएको थियो । गायिका जोशी र टँक तिमल्सेनाको आवाजमा रहेको “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले दर्षक/श्राेताले अवलोकन गरेका छन । देउडाले पनि सुदूरपश्चिमलाई मुलुक भर चिनाएको छ,  आफ्नाे माैलिक गीतहरुवाट पनि छवि माथी उठाउन सकिन्छ उनकाे भनाई रहेकाे छ । विदेशमा रहने नेपालीहरु देउडा गीत भन्नासाथ हुरुक्कै हुन्छन् अधिकाँश देउडा गीतहरु विदेश मै बसेका नेपाली युवाहरुले गाउने अबसर दिएको उनी बताउछिन ।  प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वर्दनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू शुदुरपश्चिमकाे पर्यटकीय स्थलको समेत साङ्गीतिक यात्रा मार्फत प्रचार प्रसारमा जुटिरहेको उनि बताउछिन । भारतको दिल्ली, बैंग्लोर, मुम्बै देखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेकी छु उनी बताउछिन । आफु अध्यायन पेषामै रहेर पनि गीत सँगीतलाई पनि सँगै लिएको र गायनबाट अध्ययनलाई प्रभाब नगरेको उनको भनाई रहेको छ ।                        गायिका जाेशी हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्य समेत रहेकी छन् । गायिका जोशीले आफू स्कूले समयदेखि नै गायन विधामा बुबा आमासँगै लागेको बताउछिन । बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो । दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पुर्याउनसम्म ठूलो सहयोग गरेको छ । उनी बताउछिन ।                                                            करिब तीन वर्षसम्म गायिका जोशीले स्थानिय एफ एम रेडियोमा काम समेत गरेकी थिईन । केही वर्ष यता उनि हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिदै आएकी छिन । बैँकिङ क्षेत्रमा जाने ठूलो चाहना राख्ने उनि देउडा जन्म थलोको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ । उनको भनाई रहेको छ ।   पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको छ । “युवा पुस्ता पनि देउडामा नयाँ पन ल्याउँदा झुम्मि रहेको देख्छु । गायन पेषाबाटै सम्मान र दाम समेत पाएकै छु । पछिल्लो समय युवा पुस्ता माझ निकै लोकप्रिय बनेका देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) पनि गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ । देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन । उनलाई यश क्षेत्रका अग्रजहरुकाे पनि साथ र सहयोग औधी रहेको छ । थप शुदुरपश्चिमकाे कला, भाषा, सँस्कृतिमा गायिका रेखाकाे लगाव र प्रगति हाेस लाेकतन्त्र विहानी न्युज परिवारकाे अपिम शुभकामना ।                                                 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!