युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
155 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा: शुक्रबार जिल्लाको बडीमालिका नगरपालिकाको तालिम हलमा त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि महिला र सम्भावित महिलाहरूका लागि दिइएको ३ दिने तालिम सम्पन्न भएको छ ।

जनप्रतिनिधि महिला र सम्भावित महिलाहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि ३ दिने तालिम बडिमालिका नगरपालिकाको तालिम हलमा शुक्रबार एक औपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेसका महिला अभिनेत्री तथा महिला विकास मंच संयोजक जुना दानीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बुधबार देखी टेवा नेपाल र महिला बिकास मंच बाजुराको आयोजनामा र  Womenkind Uk को आर्थिक सहयोगमा बडिमालिका नगरपालिकाको तालिम हलमा सुरु भएको तालिम नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कार्यक्रम अन्तर्गत त्रिवेणी नगरपालीकाका १९ जना जनप्रतिनिधि महिला र ९ जना सम्भावित महिलाहरुलाई दिइएको थियो ।

नेतृत्व क्षमता विकास सम्बन्धि ३ दिनसम्म दिइएको तालिमबाट नेता र नेतृत्व,नेतामा हुनुपर्ने असल गुण,काम कर्तव्य,जिम्मेवारी,जनवकालत,संविधान,स्थानिय तह,स्थानिय तहका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष,वडा सदस्य,योजना तर्जुमा,लै.स.सा.,समानता र समता,लैङ्गिक बजेट र भाषण कला जस्ता धेरैजसा थप कुरा जान्ने अवसर मिलेको त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनार लगायत अन्य जनप्रतिनिधि महिला र सम्भावित महिलाहरुले बताइन । साथै सिकेका कुराहरूलाई सबैले ब्यवहारमा लागू गर्नु पर्नेमा पनि  जोड दिएकी छन ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी महिला नेत्री एवम् महिला विकास मंच संयोजक जुना दानीले सो तालिमले जनप्रतिनिधि महिला र सम्भावित महिलाहरुका लागी दिइएको तालिमले महिला जनप्रतिनिधिमा नेतृत्व क्षमताको बिकासमा थप सहयोग पुग्ने बिश्वास गरेकी हुन । नेता र नेतृत्व,नेतामा हुनुपर्ने असल गुण,काम कर्तव्य,जिम्मेवारी,जनवकालत र भाषण कलाको बारेमा थुप्रै कुरा जानीसकेको होला भन्ने अपेक्षा गरेको उनले बताइन ।

महिला अभिनेत्री एवम महिला बिकास मंच संयोजक जुना दानीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा उद्घोषक महिला विकास मंच कार्यकारी निर्देशक उजा बिष्टले गर्नु भएको थियो भने सोही कार्यक्रमको प्रमुख अतिथि त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनार, विशिष्ट अतिथि महिला बिकास मंच कार्यसमिति सचिव सुभद्रा पाण्डे,अतिथि महिला विकास मंचका लेखापाल लक्ष्मीराज जोशी,बाजुरा शाखा पत्रकार महासंघ सचिव नन्दा थापा,प्रशिक्षण तुलाराम जोशी, प्याभ कार्यक्रम सामाजिक परिचालक दुर्गा कुमारी खाती,प्रकाश बहादुर कार्की,विक्रम साउद लगायत त्रिवेणी नगरपालिका वडा नं.१ देखि वडा नं.९ सम्मका जनप्रतिनिधि महिला र सम्भावित महिलाहरुको उपस्तिथि रहेको टेवा नेपाल र महिला विकास मंच प्याभ कार्यक्रमका सामाजिक परिचालक विक्रम साउदले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!