मिन बहादुर खड्का/बाजुरा: जिल्लाकाे बुढीगंगा नगरपालिका वडा नं १० दलित नेटवर्क किमटीले वडाका अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ।
सोमबार सो दलित नेटवर्क कमिटीले सोही वडामा रहेको भगवती माध्यामिक बिद्यालयमा पुगेर ६ जना अनाथ बालबालिकालाई प्रति ब्याक्ती रु १५०० बराबरको शैक्षिक सामाग्री बितरण गरिएको हो ।
सो शैक्षिक सामाग्री बुढीगंगा नगरपालिका वडा न १० दलित नेटवर्क कमिटीका सचिव तथा सोही वडामा रहेको भगवती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश सार्कीले बालबालिकालाई हस्तान्तरण गरेका हुन ।
उक्त वडा दलित नेटवर्क कमिटीले अनाथ बालबालिका हरु आर्थिक कमजोरी कै कारण बिद्यालय जान बन्चित नहुन र सो शैक्षिक सामाग्रीले बालबालिका को सिकाईमा थप सहयोग पुगोस् भन्ने उदेश्यका साथ शैक्षिक सामाग्री बितरण गरीएको समाजसेवी एवम् अभियान्ता पारस रावलले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।