चिरञ्जिवी खड्का/धनगढी– नेपाल प्रेस युनियन बाजुराका पुर्व सचिब पत्रकार एबम् गायक राम बहादुर दानीले आफ्नो जन्म दिनको अवसरमा सेती प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेर जन्मदिन मनाएका छन् ।
लोकतन्त्र विहानी न्यूज बाजुराका संचालक एबं प्रधान–सम्पादक दानीले आफ्नो ३७ औं बसन्त पार गरेर ३८ औं बसन्तमा प्रवेश भएको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेर जन्म दिन मनाएका हुन । विदेशी चलन चल्ती अनुसार खर्चिलाे र तडकभडकको जन्म दिन मनाउनु भन्दा अस्पतालको सैयामा रहेका विरामीहरुलाई खानेकुरा दिएर जन्मदिन मनउदा ठुलो धर्म रहेको उनले बताएका छन ।
बि.सं.२०४२ सालमा बडीमालिका नगरपालिका वडा नं. १ पिनालेखमा जन्मिएका पत्रकार तथा गायक दानीले २ दर्जन बढी गीतमा आवाज दिएका छन भने ६० वटा भन्दा वढी गीतहरुमा शब्द संगीत गरेका छन । २०६९ सालबाट आफ्नो पत्रकारिता क्षेत्र अँगाल्दै आएका पत्रकार तथा गायक दानी २०६९ साल असोज १३ गते देखि रेडियो पौरखी ९०.४ मेगाहर्जमा प्राविधिक प्रमसखकाे रुपमा काम गर्दै पत्रकारिता पेषाको सेवा प्रारम्भ गरेका थिए ।
पत्रकार दानीले रेडियो पौरखी ९०.४ मेगाहर्जमा प्राविधिक प्रमुख, लोकतन्त्र बिहानी साप्ताहिकको प्रकाशक, रेडियो पञ्चदेवल अछामको प्राबिधिक प्रमुख/कार्यक्रम प्रस्तोता हुदै काठमाण्डौमा रहेको एस टेलिभिजनको कार्यक्रम प्रतोता सम्मको पत्रकारिता पेषा गर्दै आएका थिए । हाल आएर पत्रकार दानी लोकतन्त्र बिहानी मिडिया हाउसद्वारा संचालित लोकतन्त्र बिहानी न्यूजको संचालक/प्रधान सम्पादकको रुममा काम गरि रहेका छन ।
यसरी बिभिन्न रोगले थलामा परेका बिरामीहरुलाइ फलफुल तथा मास्क वितरण गर्दै पत्रकार दानीले सबै विरामीहरुलाई सिघ्र स्वास्यलाभको कामना गरेका थिए । त्यस्तै बिरामीहरुलाई जन्मदिनको अवसर पारेर अस्पतालमै गएर फलफुल वितरण गरेकोमा अस्पतालको सैयामा रहेका बिरामी,डक्टर तथा बिरामीका कुरुवाहरुले पनि जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए । जन्मदिनको अवसरमा फलफुल तथा मास्क वितरणमा लोकतन्त्र बिहानी न्यूजका संवाददाता चिरञ्जिवी खड्का र देवराव जोशी पनि फलफुल तथा मास्क वितरण गर्न साथमै सेती अञ्चल प्रादेशिक अस्पतालमा पुगेका थिए ।
बिदेशी चलन चल्ती अनुसारको जन्मदिन मनाउनु भन्दा गरिव, निमुखा र विरामीहरुको सेवा गरेर जन्मदिन मनाउदा ठुलो धर्म हुने भएकोले आफुले सेती अञ्चल प्रादेशिक अस्पतालामा रहेका बिरामीहरुलाई फलफुल तथा मास्क वितरण गरेर आफ्नो जन्मदिन मनाएको पत्रकार दानी बताउछन ।