बाजुरा– नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य विनोद गिरीको निधन भएको छ । एक्कासी भएको हृदयघातपछि शुक्रबार बिहान गिरीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको नेविसंघका नेता रविन्द्र रोकायाले बताए ।
शनिबार बिहान मात्रै घरबाट कोल्टी बजार गएका थिए । उनी असहज महसुश भएपछि लुम्बिनी होटल पछाडीको मकैबारीमा पल्टेका थिए । उनको अवस्थाको जानकारी पभए पश्चात उनकाे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा गर्दै मृत्यु भएको रोकायाले बताए । उनको शनिबार मात्रै अन्तिम दाहसंस्कार गरिने भएको छ ।
नेपाली काँग्रेस बाजुराका होनाहार युवा नेता गिरीको निधन पछि नेपाली काँग्रेस बाजुराले पार्टीलाइ अपुरणिय क्षती भएको बताउँदै समवेदना प्रकट गरेको छ ।