बाजुरा– नेपाली काँगेस बाजुराले जिल्ला कार्य समिति सदस्य स्व. विनोद गिरीको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । काँग्रेस बाजुुराले नेपाली काँग्रेस बाजुराका सक्रिय युवा नेता गिरीको १३ औँ दिने पुण्य तिथिको अवसरमा कोल्टीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा संकलन गरेर नगद रु. ५० हजार २ सय ५० सहयोग हस्तान्तरण गरेको नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डितले बताए । सहयोग रककम हस्तान्तरणमा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डित, पुर्व संविधान सभा सदस्य देवराज जोशी लगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
सभापती कविराज पण्डित सहितको टोली स्व. गिरीको घरमै पुगेर उनका परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस बाजुराका क्रियशिल तथा उर्जाशिल युवा नेता गिरीको अस्कमात् भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारलाई थोरै भएपनि मलम लगाउन सहयोग होस् भनि सो अभियान संचालन गरि रकम स्व. गिरीका परिवारलाई प्रदान गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
नेपाली काँग्रेस बाजुराले यसअघि पनि बाजुरा लगायत अन्य जिल्लाका विभिन्न घटनाका पिडितहरुलाई पनि सक्दो सहयोग गर्दै आइरहेको छ ।