मिन बहादुर खड्का/बाजुरा–युवा संघ नेपालका केन्द्रिय सदस्य प्रभावशाली नेता नरेश शाहीले रेडियो पौरखिको बहस कार्यक्रममा बोल्दै कम्युनिष्ठ आनदोलनको पुर्नजागरण गर्न नँया क्रान्तिकारी पार्टीको सुरुवात भएको बताएका छन ।आफु कम्युनिष्ठ आन्दोलनको पुर्नजागरण पुर्नर संगठन र नेकपा एकीकृत समाजवादी पार्टीको संगठन निर्माण प्रक्रियामा रहेको उनले बताए ।
बहस कार्यक्रममा पत्रकारले नेता शाहीलाई राजनीति पृष्ठभुमि बारे सोधेको प्रश्नको जवाफ दिदै नेता शाहीले आफू २०६२/६३ को जनाआन्दोलन देखि नै लोकतान्त्रिक आन्दोलनमा हुमिएको बताउदै आफुले नेकपा एमाले बाजुराबाट राजनिति यात्रा सुरु गरेको बताएका हुन। आफुले गरेको संघर्ष र बाजुरेली जनताको आशिर्वादले आज केन्द्रिय सदस्य सम्म पुग्ने अवसर पाएको उनले बताए ।
पत्रकारले एउटै पार्टी फुटेर किन टुक्राटुक्रा भयो ।तपाई किन एकता सुत्रमा बाधिएर हिड्न सक्नुभएन ।फेरि अर्को नेकपा एकीकृत समाजवादि पार्टीमा किन सनाखत गर्नुभयो भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता शाहिले पार्टी भित्र बैचारिक बहस र मतभेद हुनु स्वभाबिक बिषय हो तर पार्टी भित्र नेतृत्व पंक्तिमा रेहेका केही नेताहरूले जननायक मदन भण्डारीको बिचारलाई भुलेर पद र सत्ताको लोभमा अराजकता भुमरीमा फसेर सिङ्गो कमन्युष्ट आन्दोलनलाई नै कमजोर बनाउने कदम चालेकोले हजारौं नेपाली जनताको लामो त्याग तपस्या र बलिदान बाट आएको संविधानलाई नै धरापमा पार्ने कदम चालेको थियाे। जानताले अपेेक्षा गरे बमाेजिमकाे नगरेकाे प्रती आफू निकत नेताहरुको आपत्ति रहेको बताएका छन । जनताको हक हित बिपरित चालेको जन बिरोधि प्रतिगामी कदममा आफु निकट नेताहरूको समर्थन नरहेकोले उक्त प्रतिगामी कदमको अन्त्य गर्नका लागि जनताको हक हितका लागि र समग्र देशको शान्ति र समिर्धिका लागि नेकपा एकीकृत समाजवादि पार्टी खोलेर देशभर संगठन निर्माण प्रक्रियामा रहेको नेता शाहिको भनाई रहेको छ ।
पत्रकारले नेताहरु बोलिमा र भाषणमा मात्र सिमित हुन्छन पद पाइसकेपछी जनताका मागहरूलाई सम्बोधन गर्ने कुरामा किन पछि हट्छन जनताको प्रत्यक्ष
सम्पर्कवाट किन टादा हुन्छन भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता शाहीले पत्रकारले सोधेको प्रश्न सान्दर्भिक भएको बताउदै नेताहरूमा जहिले पनि आफुले बोलेका कुरा पूरा गर्न नसक्ने धेरै बोल्ने कम काम गर्ने प्रवृर्ती रहेको जनतालाई दिएका आशप्रसन हरुको सम्बोधन गर्न नस्क्नु नेताहरूको ठुलो कमजोरी रहेको शाहिले बाताए ।
नेता शाहीले बहस कार्यक्रममा बोल्दै देशले समृद्ध नेपाल सुखी नेपालिको नारा बोकेता पनि साच्चिकै देश कता तिर जादै छ र जनताका सवालहरु के हुन भन्ने कुरामा नेतृत्व पंक्ति पछि हटेकोे बताउदै अब नेकपा एकीकृत समाजवादी पार्टी देशको शान्ति समृद्धि र नेपाली जनताको हितका लागि सदैव साथमा रहेको र बताएका छन ।साथै नेता शाहिले अब नेकपा एकीकृत समाजवादी पार्टीले देशमा समान शिक्षा ,स्वास्थ,र रोजगारीमा परिवर्तन आउने कुरामा बिस्वस्त रहन आग्रह गर्नुभएको छ । नेता शाहीले अव नेकपा एकिकृत समाजवादीले समग्र देशको बिकास र परिवर्तनको लक्ष बाकेर नयाँ समाजवादको स्थापना गर्नका लागि निरन्तर अभियानमा रहेको बतएका हुन । आफुले सुरु गरेको अभियान नेपाली जनताको मुक्तिका लागि र देशको शान्ति र समृद्धिका लागि रहेको नेता शाहीले बताए ।