धनगढी–नेकपा एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको दलको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी कार्यकर्ताको जस्तो देखिएको भन्दै विरोध गरेको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराई बुधबार बसेको बैठकले निर्वाचन आयोग एमाले टुक्य्राउन उद्यत् रहेको, दार्चुला घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन ।। एमाले यस्ता विषयमा मूकदर्शक भएर नबस्ने उनले भनाई रहेको थियो ।