राम बहादुर दानी/ बाजुरा- नेपाली काँग्रेसकाे आसन्न १४ औँ महाधिवेशन सहमति, सहकार्य, एकताको अधिवेशन गर्न नेपाली काँग्रेसका बरिष्ठ नेता तथा त्रिवेणी नगरपालिकाका मेयर राम सिँह रावलकाे भनाई रहेकाे छ। बुधबार नेपाली काँग्रेस त्रिबेणी नगरपालिका वडा नँ -८ वडा कार्य समितिको आयोजना गरिएको वडा भेलामा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामसिंह रावल, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस बाजुराका सचिव रनसिन्ह अयडी लगायत नेपाली काङ्ग्रेसका नेता गगन जुङ्ग बुढा,खडक साउद,वडा अध्यक्ष ,काङ्ग्रेस नेता भिम बहादुर थापा, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बिरेन्द्र गिरि , ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष चक्र थापा,बाजुरा – काठमाडौ सम्पर्क समितिका अध्यक्ष चन्द्र रावत, नेपाल तरुण दलका नेता डेनिस थापा ,शिक्षक नेता हर्क बहादुर बुढा, नेता हरि नेपाली, वडा कार्य समितिका पदाधिकारी लगायत बुद्धिजीवी ,कर्मचारी, विद्यार्थी भातृ तथा सुभेच्छुक सस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।
वडा भेलाको सन्चालन तरुण दलका युवा नेता मिलन बुढ्थापाले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य वडा कार्यसमितिका सचीव खेमराज गिरिले गरेका थिए ।कार्यक्रममा सभापतित्व वडा सभापति छ्त्र बहादुर थापाले गर्नुभएको थियो साथै कार्यक्रम माथी प्रकाश पारिदिन र विभिन्न बिसयमाका प्रस्ताव राख्नुभएको थियो ।
वडा अधिबेशनको तयारी, स्वयंसेवकका बिसयमा छ्लफलका बिसय थिए ।भेलाका सम्पुर्ण बक्ताले सहमति सहकार्य, एकताको अधिबेशन गर्न पार्टीका शीर्ष नेता लाई सुझाव दिनुभएको थियो । सिङ्गो त्रिबेणी काँग्रेस एक भएर जाने सन्देश दिएको छ।