बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ र ७ मा सोमवार राति आएको अविरल वर्षाले ठुलो क्षती गरेको छ ।
स्थानीय मानविर नाथ योगीका अनुसार सोही गाउँपालिका–७ आटीचौरको सुर्का बजारमा रहेको धन बहादुर खड्का र खगेन्द्र खड्का को गरी दुई वटा पसल बगाएको बताइएको छ ।
त्यस्तै सोही गाउँपालिका–६ मैतोलामा हेमन्त नाथ, मने नाथ,चन्द्रनाथ लगाएतका स्थानीयको खेत बगाएको खबर प्राप्त भएको छ । खेतमा पाकेका धान घर भित्र्याउने बेला पहिरोले बगाएर लगेपछि किसान चिन्तित बनेको स्थानियले बताएका छन् ।
वर्षाका कारण भरत गुयाल , अङ्गे नाथ लगाएतका घर उच्च जोखिममा रहको र घरका आगन फुटेर चिराचिरा परिसकेका बताइएको छ ।
त्यस्तै वडा न. ६ मैतोलामा रहको ताम्रे जलविद्युत आयोजनाको नहरमा पुर्ण रुपमा क्षती गरेको वडा न. ६ का वडाध्यक्ष कुम्भनाथ योगीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
अविरल वर्षाका कारण नहरमा पुर्ण रुपमा क्षेती पुग्दा ३ सय घर परिवार अध्यारोमा वस्नृ परेको वडा अध्यक्ष नाथले बताए ।