मिन बहादुर खड्का/बाजुरा–बडीमालिका नगरपालिका नगर उप–प्रमुख कबिता बिष्टले जन प्रतिनिधी मध्यकै सबै भन्दा बढी बार्षिक मोबाइल खर्च लिएको विषयमा भएको समाचार सम्प्रेषणलाइ लिएर बडिमालिका नगरपालिकाले अपवाह हल्ला फैलाउने गरी भ्रमातमक समाचार सम्प्रेषण गरेको हो भन्दै प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
बडीमालिका नगरपालिका नगर उप–प्रमुख कबिता बिष्टले प्रदेश कानुनले दिएको सेवा सुविधा अन्तरगत नै सेवा लिएको प्रस बिज्ञप्तीमा भनिएको छ । सम्प्रेषण भएको समाचार एउटा महिला जनप्रतिनिधि भएकै कारण बदनाम गर्ने नियतले प्रकाशन गरको समाचार प्रति नगरपालिकाले एक प्रेस बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । महिला जनप्रतिनिधि भएकै कारण बदनाम गर्ने नियतले अपवाह हल्ला फैलाउने गरी सम्प्रेषण भएको बनावति समाचार यर्थात झुट भएकोले कोहि कसैले समाचारको पछी परेर गलत बुझाइमा नपर्न अनुरोध गर्दछौ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक द्वारा हस्ताक्षेरीत प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपालको संबिधानको धार २७७ मा गाउँ तथा नगर सभा सदस्यहरुले पाउने सेवा सुबिधाको सम्बन्धमा प्रदेश कानुन बमोजिम सबै जनप्रतिनिधीहरुले सेवा लिएको र प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधन सहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुबिधा सम्बन्धमा महालेखा परिक्षकको आर्थिक बर्ष २०७६/२०७७ को लेखा परिक्षण प्रतिबेदनको दफा २० मा उल्लेखीत बिबरणलाई लिएर बिभिन्न संचार माध्याममा आएको समाचार प्रति ध्यानाकर्षण भएको बिज्ञप्तीमा भनिएको छ । बिभिन्न संचार माध्याममा आएको समाचार प्रति आपत्ति जनाउदै प्रकाशन गरिएको समाचार पत्रकार आचार संहिता २०७३ को दफा ४ को उपदफा ३ बमोजिम पेशागत मर्यादा बिपरति भएकोले ब्यक्तिगत रुपमा बदनाम गर्ने नियतले समाचार प्रकाशन माध्यमहरुलाइृ कारवाहिको माग समेत नगरपालिका द्वारा जारी पे्रस बिज्ञप्ती मार्फत गरिएको छ ।
हेर्नुहाेस यस्ताे रहेकाे छ बिज्ञप्ती