बाजुरा–जिल्लाको जगन्नाथ गाउँपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेको बेला जिल्लाका प्रत्येक पालिकामा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ ।
जगन्नाथ गाउँपालिकाको वडा अधिवेशन चलिरहेका समयामा नेकपा एमाले जिल्ला कमिटि सदस्य जंग बहादु विष्ट सहित वडा नं १ र २ का ९० जना भन्दा बढी नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको डबल बोगटीले जानकारी दिए ।
नव प्रवेशीहरुले नेकपा एमालेले गरेको कुनै पनि काम आफुलाई राम्रो नलागेको, नेकपा एमाले बाट प्रतिनिधित्व गर्ने नेताहरुले जनतालाई झुटो आस्वासन दिने गरको भन्दै आफु नेपाली कांग्रेसमा प्रवेश भएको नव प्रवेशीहरुले बताएका छन् ।
जगन्नाथ गाउँपालिकाको वडा अधिवेशनमानै वडा नं १ र २ का ९० बढी स्थानीयले नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । यस भन्दा पहिला जुन सुकै पार्टी भएता पनि आगामी दिनमा एउटा सच्चा नेपाली कांग्रेस भएर जाने नव प्रबेशीहरुले बताएका छन् ।
नव प्रवेशीहरुलाई नेपाली कांग्रेस बाजुराका केन्द्रीय सदस्य बद्री पाण्डे , पुर्व भुमिसुधार मन्त्री जनकराज गिराी , पदम शाही , चक्र शाह लगाएतले फुल माला र अविर लगाएर पार्टीमा स्वागत गरेसंगै सबै प्रवेशीलाई बधाई दिएका छन् ।
नेपाली कांग्रेस जगन्नाथ गाउँपालिका उपसभापति कपुरराज गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्री सदस्य बद्री पाण्डे रहेका थिए भने सो कार्यक्रममा पुर्व भुमिसुधार मन्त्री जनकराज गिरी, महासमित सदस्पय पदम शाही, नेपाली कांग्रेस बाजुरा उपसभापति तथा हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल महाधिवेशन प्रतिनिधि चक्र शाह लगाएत नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहको थियो ।उक्त कार्यक्रममा जगन्नाथ गाउँपालिकाको लुमामा सम्पन्न भएको हो ।