मिन बहादुर खड्का/बाजुरा–आसन्न नेपाली कांग्रेसको १४ औँ माहाधिवेशन र ७ औँ जिल्ला अधिवेशनको पुर्व संन्ध्या नेपाली कांग्रेस आस्थावान नेता तथा कार्यकर्ताहरुमा उत्साह बढ्नुका साथै नेता कार्यकर्ताहरु यतिवेला अधिवेशनको तयारिमा दौडधुप गरिरहेका छन । नेता तथा कार्यकर्ताहरु बिच भेटघाट तथा छलफल निरन्तर भइरहेको देखिन्छ । यतिवेला नेताहरुले ठाँउ–ठाँउमा उम्मेदवारी घोषणा गर्ने क्रममा पनि जारी रहेको छ ।
जिल्लाका ६९ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता सुरेन्द्रराज गिरीले आफ्नो त्रिबेणी नगरपालिकाको सभापतिमा उम्मेदवारी रहने घोषणा गरेका छन ।
उनले नगरपालिका वडा न.८ को अधिबेशनमा सुभकामना मन्तव्य दिदै नगर सभापतिमा उम्मेदवारी रहेकाे घोषणा गरेका हुन ।
नेता गिरील गते असोज ६ गते त्रिबेणी नगरपालिका वडा न.८ को अधिबेशनमा सुभकामना मन्तव्य दिदै आफू नेतृत्व लिन योग्य र सक्षम रहेको बताउदै युवा पुस्ता पनि नेतृत्वमा आउनुपर्छ भन्ने युवाहरुको भावना भएकोले आफुले नगरको सभापतिमा उम्मेदवारी दिने बताएका छन । जनताको जनभावनालाई कदर गर्ने नेतृत्वको खाचो नगरपालिका बासिलाई परेकोले आफु नगरपालिकाको सभापति भएर नगरपालिका बासकाे हित र नगरपालिकाको बिकासका लागि अग्रभागमा रहेर काम गर्ने आफ्नो चाहाना रहेको नेता गिरीले बताएका हुन ।
सुभकामना मन्तव्य दिदै नेता गिरीले एक पटक नगरपालिकाको नेतृत्व गरेर नयाँ सोच र परिवर्तनका संवाहक,नेपाली कांग्रेसकाे आधार इलाका त्रिबेणी नगरपालिकाको जग लाई थप बलियो र नया उचाईमा पुर्याउने मात्र नभई त्रिवेणी नगरपालिकालाई सम्वृद्ध नगर र सुखि नगरवासी बनाउने आफ्नो संकल्प रहेको अवगत गराएका थिए । यस अघि नेपाली कांग्रेस त्रिबेणि नगरपालिकाको सचिव समेत रहेका नेता गिरी नेपाली कांग्रेस त्रिबेणि नगरपालिकाका पछिल्लो पुस्ताका जिम्मेवार , युवा पुस्ताका ढृकढुकि कांग्रेसका एक आषा अनि भरोषाका केन्द्र बिन्दु, प्रतिभाशाली, इमानदार, अशल सक्षम, निदर र जुझारु, योद्धाका रुपमा चिनिन्छन।
नगरको बिकास र पार्टीलाई बलिया बनाएर लैजानका लागि अग्रज नेता गणहरुले सक्षम, अशल कर्मठ र निदर, नेतृत्व छनोट गरेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकेमा पार्टीको हित हुने नेता गिरीको भनाई रहेको छ । आफ्नो त्रिबेणी नगरपालिकाको सभापतिमा उम्मेदवारी रहने भएकोले सवैलाई सहोग गर्न आग्रह समेत गनुभएको छ ।