धनगढी–धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ । प्रशारण लाइन क्षेत्रमा बुस कटिङ भइरहेको हुँदा विद्युत सेवा अवरुद्ध भएको हो ।
अत्तरियादेखि गेटासम्म बुस कटिङ अर्थात रुख काट्ने कार्य भइरहेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरील बताए । ११ बजेसम्म सेवा सुचारु हुने उनको भनाई छ ।
दिनेश खबरबाट साभार











