मिन बहादुर खड्का/बाजुरा–जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा नेपाली कांग्रेस गाउँपालिकाको अधिवेशन सर्वसहमतिबाट संम्पन्न भएको छ । नेपाली कांग्रेसको सभापतिमा वडा न . ४ का वडा अध्यक्ष हर्क बहादुर रावत निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेको असोज ९ गते बाट पालिका अधिवेशन सुरु भएको थियो । सहमतिका आधारमा अशिवेशन संम्पन्न गर्ने गाँउपालिकाको अठोट रहेको थियो । सोहि अनुसार सभ्य र भव्य तरिकाले अधिवेशन संम्पन्न गरिएको नेपाली कांग्रेस वडा न ३ का पुर्व सभापति एवम आजको अधिवशनमा सचिवमा निर्वाचित बिष्णु धामीले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
सभापति रावत सहित ४२ सदस्यी कार्य समिति गठन गरिएको नेता धामील बताएका छन । नेता धामीका अनुसार सभापतिमा वडा न .४ का वडा अध्यक्ष हर्क बहादुर रावत जसमा उपसभापतिमा वडा न. १ की जहरी रावल,वडा न. ६ का हर्क बिष्ट, सचिवमा वडा न. ५ का प्रेम बहादुर रावत, वडा न . ३ का पुर्व वडा सभापति विष्णु बहादुर धामी,सहसचिवमा प्रकाश बहादुर थापा,खडक कठायत लगाएत ४२ सदस्यी कार्यसमिति गठन गरिएको बताइएको छ ।
जसमा २१ सदस्य खुल्ला बाट र १४ सदस्य समानुपातिक बाट गरी ४२ सदस्यी कार्यसमिति गठन गरिएको र ९ जना कार्यसमितले पुन मनोनित गर्न बाकि रहेको नेता धामिले बताए ।