मिन बहादुर खड्का/बाजुरा–जिल्लाको बुढिगंगा नगरपालिकाकोे नेपाली कांग्रेस नगरपालिकाको अधिवेशन सर्वसहमतिमा संम्पन्न भएको छ । नेपाली कांग्रेसको सभापतिमा जयराज उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेको असोज ९ गते बाट पालिका अधिवेशन सुरु भएको थियो । सहमतिका आधारमा अशिवेशन संम्पन्न गर्ने नगरपालिकाको अठोट रहेको थियो । सोहि अनुसार सभ्य र भव्य तरिकाले अधिवेशन संम्पन्न गरिएको नेपाली कांग्रेस आजको अधिवशनमा निर्बिरोध चयन भएका निर्वाचित नगर सदस्य कमल रावलले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।

सभापति उपाध्याय सहित ४२ सदस्यी कार्य समिति गठन गरिएको नेता रावलले बताएका छन । नेतारावलका अनुसार सभापतिमा जयराज उपाध्याय जसमा उपसभापतिमा डम्मर शिं, सचिवमा मिन बहादुर रावल, र सहसचिवम मिना जोशी लगाएत ४२ सदस्यी कार्यसमिति गठन गरिएको बताइएको छ ।

कार्यक्रममा पुर्व संबिधान सभा सदस्य देवराज जोशि प्रमुख अथिति रहेका थिए । बिशिष्ट अथिति माहाधिवेशन प्रतिनिधि पुर्ण बिक्रम शिंह, चक्र्र बहादुर शाह, जनक शिंह लगायत बुदिगंगा नगरपालिका भित्रका नेपाली कांग्रेस आस्थावान नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।












