वीरगञ्ज: बारामा पसलमा आगलागी हुँदा दुई लाख ४० हजार बराबरको क्षति भएको छ । महागढीमाई नगरपलिका १ बरियारपुर बजारमा आगलागी भएको हो। सोमबार बिहान उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।
प्रहरीले गरेको अनुमान अनुसार आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। तीन वटै पसलमा गरी अन्दाजी दुई लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको बताइएको छ ।
आगलागीमा विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री इन्भर्टर दुई थान, मोबाइल, ल्यापटप र बुफर गरी एक लाख पाँच हजार, जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दिनेश खबरबाट साभार











